Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपाल, मुख्य खबरमोरङ्मा एमालेका पुर्व प्रमुख सचेतक विरुद्ध खडा भए बागी उम्मेद्वार

मोरङ्मा एमालेका पुर्व प्रमुख सचेतक विरुद्ध खडा भए बागी उम्मेद्वार

November 2, 2017२२६ पटक

मोरङ । मोरङ्को क्षेत्र नम्बर ३ मा बाम गठबन्धन विरुद्ध एमालेका दुई नेताले बागी उम्मेद्वारी दिएका छन् ।
गठबन्धनको उम्मेदवारी बितरणमा अन्याय भएको भन्दै प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ क मा एमाले मोरङका पुर्व उपाध्यक्ष दिलप्रसाद (डिपी) राइले एमालेकै उम्मेद्वार राजकुमार ओझा विरुद्ध उम्मेद्वारी दिएका छन् । त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ मै प्रतिनिधि सभाका लागि एमालेका पुर्व प्रमुख सचेतक तथा पोलिटब्युरो सदस्य भानुभक्त ढकाल विरुद्ध पनि बागी उम्मेद्वारी दर्ता भएको छ । ढकाल विरुद्ध एमालेको क्षेत्र नम्बर ३ इन्चार्ज तथा पार्टीको जिल्ला सचिवालय सदस्य भेषनाथ रिजालले उम्मेद्वारी दिएका छन् । राई र रिजाल दुवैजनाले बिहिवार जिल्ला निर्वाचन कार्यालय मोरङको गेट छेउमा पत्रकार सम्मेलन गरि बागी उम्मेद्वारी घोषणा गरेका थिए ।
खासगरी राइलाइ प्रदेश सभाका लागि टिकट नदिइएपछि यसअघिदेखि नै पार्टीभित्र असन्तुष्टि देखिदै आएको थियो । बुधबार डीपी राइको गृह नगर बेलबारीमा रहेको एमालेको पार्टी अफिसमा युवा संघ नगर कमिटी र लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ मोरङले तालाबन्दी गरेका थिए । बिहिवार बेलुकीसम्म पनि सो ताला खोलिएको छैन ।
डीपी राई जिल्लामा नेकपा एमाले भित्र इमान्दार र स्वच्छ छविका नेताका रुपमा परिचित छन । उनी लामो समयदेखि बेलबारीमा रहेको गोदावरी इग्लिस स्कुलका प्रिन्सिपलका रुपमा कार्यरत छन भने पार्टीमा एकपटक जिल्ला उपाध्यक्ष सहित पटक पटक बिभिन्न तहमा रहेर काम गर्दै आएका छन ।

पहिलो र दोस्रो संबिधानसभा निर्बाचनमा समेत उम्मेदवार बनाउने चर्चा भएपनि टिकट दिइएन । स्थानीय निर्बाचनमा उनको टिकट पक्का जस्तै भएपनि अन्तिम समयमा अर्कैलाई उम्मेदवार बनाईयो । त्यसपछि प्रदेशसभामा पनि उम्मेदवार बन्नबाट बञ्चित गरिएपछि उनी बागी बने । उनको सट्टामा राजकुमार ओझालाई एमालेले मोरङ क्षेत्र नम्बर ३ (ख) मा उम्मेदवार उठाएको छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad