Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, मुख्य खबरकिन भएनन् सुन्दरहरैचा र बेलबारी नगरपालिकाका नगरपरिषद ?

किन भएनन् सुन्दरहरैचा र बेलबारी नगरपालिकाका नगरपरिषद ?

October 30, 2017२९१ पटक

मोरङ । उत्तरी मोरङमा अबस्थित दुइ नगरपालिका गाभिएर बनेको सुन्दरहरैचा न. पा. र बेलबारी नगरपालिकामा कार्तिक मध्य बितिसक्दा पनि नगरपरिषद हुन सकेका छैनन् ।
सुन्दरहरैचा नगरपालिकामा जनप्रतिनिधि बिचको विवादका कारण नगरपरिषद रोकिएको छ भने बेलबारीमा कर्मचारी र जनप्रतिनिधि बिचको समन्वय अभावका कारण नगरपरिषद भएको छैन ।
सुन्दरहरैचामा गत असोज ९ गतेका लागि नगर परिषद तोकिएको थियो । तर मेयरले एकलौटी ढंगले नगरको बिकास नहुने गरी बजेट ल्याएको भन्दै उपमेयर सहित केहि वडाअध्यक्षहरुले नगरपरिषद रोक्न माग गर्दे निवेदन दिएपछि सुन्दरहरैचामा विवतरका कारण नगरपरिषद स्थगित भएको थियो । त्यसपछि नगरपरिषद अहिले सम्म हुन सकेको छैन ।
प्रत्येक वडामा ३५ लाख रुपैँया बजेट बिनियोजन गर्ने गरी नगरपरिषदको तयारी भए पनि असन्तुष्ट पक्षले यति थोरै रकमले वडाको बिकास असम्भव भएको भन्दै ३५ लाखबाट बढाएर हरेक वडामा १ करोड सम्म बजेट बनाउन माग गरेका थिए तर कुरो नमिलेपछि परिषद नै स्थगित भएको थियो ।
स्थानीय तह चुनावपछि हालसम्म नगरपापालिकाका ७ वटा नगरपालिका बैठक बसेपनि तिन वटा बैठक विवादमै सकिएका छन । मेयर कांग्रेसले जिते पनि उपमेयर सहित बहुमत सदस्य एमालेसंग भएकोले हालसम्म पनि बिवाद कायम छ । सुन्दरहरैचा नगरपालिकाका १२ वडा मध्ये ७ वटा वडा सहित उपमेयरमा एमाले र मेयर सहित ५ वटा वडामा काङ्ग्रेसका जनप्रतिनिधि छन् ।

त्यसैगरी बेलबारी नगरपालिकामा जनप्रतिनिध र कार्यकारी अधिकृतको तालमेल नमिल्दा नगर परिषद हुन सकेको छैन । जनप्रतिनिधी आउनु भन्दा केहि समय अगाडि मात्रै जिल्ला प्रसासन कार्यालय झापाबाट सरुवा भएर आएका डम्बरु प्रसाद निरौला र नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी बिच कुरा नमिल्दा नगरपरिषद हुन सकेको थिएन । दुई तीन महिना पनि नबित्दै निरौला सरुवा भएर गए । असोजको अन्त्यतिर नयाँ कार्यकारी अधिकृत गणेशराज दाहाल आएपछि नगरपरिषदको तयारी भइरहेको र कत्तिकको अन्तिम साता नगरपरिषद गर्ने तयारी भैरहेको बेलबारी नगरपालिकाले जनाएको छ । – नरेन्द्र बस्नेत

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad