Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, मुख्य खबरयसकारण सहज छैन वाम एकता

यसकारण सहज छैन वाम एकता

October 27, 2017३२९ पटक

मिराक लिम्बु 

१. कथित बाम एकता सत्ता स्वार्थ र भयको मनोबिज्ञान मा आधारित छ । माओवादी काङ्ग्रेस मिलेर चुनाब लडे आफू २० औ बर्ष सत्ता बाहिर बस्नुपर्ने एमालेको भय र काङ्ग्रेस सङ्ग गठबन्धन नहुने अबस्थामा एक्लै चुनाबमा गए पत्तासाफ हुने माओवादी का नेताहरुको डर नै कथित बाम एकताको आधार भुमी हो ।
२. स्वार्थ केन्द्रित यस्तो गठबन्धन्ले मुलुकलाई सहि दिशा दिन सक्दैन । अर्कोतिर यस्तो गठबन्धन निकै अबसरवादी किसिमको हुन्छ । प्रतिकुल परिस्थिति का कारण बाध्यत्मक रुपमा निर्मान गरिएको यस्तो गठबन्धन को औचित्य चुनाब लगत्तै समाप्त भएको निस्कर्श मा नेताहरु पुग्ने सम्भावना प्रबल छ । बिशेष गरि एमालेले माओवादी को काधमा टेकेर एक्लै सामान्य बहुमत ल्याएको स्थिति मा माओवादी ले नराम्ररी धोका पाउने छ भन्ने अनुमान एमालेको बिगतलाइ हेरेर लाउन सकिन्छ ।
३. यो गठबन्धन ले रास्टृय स्वाधीनता लाई थप कमजोर बनाएको छ । किनकी यो गठबन्धन निर्माण मा बिदेशी को हात छ भन्ने कुरा बाहिर आइसकेको छ । यसले बाहिरी हस्तक्षेपलाई थप आमन्त्रण गरेको छ । नेताहरुको कठपुतली अनुहार फेरि एकपटक उदाङ्गो भएको छ ।
४. यो गठबन्धनले मुकुकभित्रको सबै बिभाजित मनोबिग्यान को नेतृत्व गर्न सकदैन। किनकी यसको प्रमुख घटक एमाले उत्पीडित समुदाय को अधिकार प्राप्ति को आन्दोलनमा प्रमुख बाधक को रुभिएको सकति हो । यस्तो शक्ति सङ्ग को एकताले प्रचण्ड को छवि समेत नराम्ररी प्रभावित बनेको छ । बिगतमा प्रचण्ड लाई हिमाल पहाड मधेस जोड्ने नेताको रुपमा सम्पुर्ण जनताले हेर्ने गर्थे ।
५. एमाले र माओवादी बिच सङ्घियता, समाबेशी समानुपातिक ब्यबस्था, रास्टृयता, वैदेशिक नितिमा धेरै फरक छ । सबै भन्दा बेसि जनयुद्ध लाई हेर्ने दृस्ठिकोण मा भिन्नता छ । एमाले कार्यकर्ता हरु माओवादी लाई जंगली असभ्य , हत्यारा सम्झिन्छन । जसले गरदा पार्टी एकता पछि एमालेका टाठा कार्यकर्ता हरु माओवादी नेतालाई नेता स्विकार्दैनन । सैद्धान्तिक मतभेद ले पार्टी लाई थला पार्नेछ ।
६. यो गठबन्धनले सुसासनको नेतृत्व समेत गर्न सक्दैन । किनकी गठबन्धन घोषणा कै दिन दिपक मनाङे लगायतका गुन्डा हरु पार्टी प्रवेश गरिसकेका छन् । त्यसो त भए भरका गुण्डा, भ्रष्ट , तथा अपराधी हरुलाइ केपि ओलिले सङ्रक्षन गरिरहेका छन् ।
७. पार्टी एकीकरण पछि केपी ओलि प्रधानमन्त्री , माधब नेपाल रास्ट्रपति र प्रचण्ड अध्यक्ष मन्डलको प्रमुख हुने भनिएको छ । केपी ओलिको सासकिय क्षेमता देखिएको कुरा हओ, कुनै आश गर्ने ठाउ छैन । प्रचण्ड अन्तरिम पार्टी प्रमुख रहनेछन् तर उनी पेन्डुलम बन्ने छन् । राज्य सत्ता को दुरुपयोग गरि ओलिले नै पार्टी चलाउने छन् । अहिले प्रचण्ड को साथमा रहेका कार्यकर्ता समेत ओलिको पछि लाग्नेछन । किनकी उनिहरुको आलोचनात्मक सोच शक्ति एकदमै न्यून स्तर को छ । भिडको पछी लाग्नु उनिहरुको बिशेषता हो । यसको पुष्टि कसरि हुन्छ भने हिजो समम अचाक्ली फटाह लाग्ने केपी ओलि उनिहरुलाइ महान नेता लाग्न थालिसकेको छ, अझ उनकै नेतृत्व मा मुलुक अब समृद्ध बन्ने सपना समेत देख्न थालेका छन । यस्तो बालपन देखेर एमाले कार्यकर्ता के सोच्दोहुन् कुन्नि ?
८.प्रजातान्त्रिक र बामपंथी भनेर धुर्बिकरण को औचित्य छैन । किनकि सबै प्रमुख पार्टी हरुको कार्यसैलि, सस्कृती र कार्यक्रम मा कुनै फरक छैन । जस्तोकी भौतिकवादी भनियेका प्रचण्ड पनि दसैंमा टीका लाऔछन। सिद्धान्त र आदर्स मागिखाने भाडो हो ।
९. माओवादी फरक पार्टी बन्नुपर्ने थियो, बैकल्पिक सक्तिको रुपमा परम्परागत शक्ति लाई चुनौती दिनुपर्ने थियो । संघीयतावादी शक्ति हरुबिच मोर्चा कसेर, प्रगतिशील , देशभक्त , सम्पुर्ण उत्पीडित समुदाय को आखाको नानी बन्नुपर्थ्यो । तर आज दिन परतिदिन पतनकोदिशामा गइरहेको आभास हुनथालेको छ ।
१०. अन्त्य मा, साथीहरू म पनि एकताको पक्षमा छु । तर त्यो एकता उत्पीडित हरुको हितमा होस् । जनयुद्ध ले स्थापित गरेका मुल्य र मान्यता को पक्षमाहोस । सिद्धान्तनिष्ठ एकता होस् । प्रतिगमन लाई सेवा गर्ने एकता नहोस् भन्ने सोच मात्रै हो । साथीहरूलेकथित एकताको बिरोध गर्नेहरुलाइ नस्लवादी चिन्तन भनेर बेस्सरी गाली गर्नुभएको रहेछ । कमरेडहरु के हिजोका हाम्र नितिहरु नस्लवादी थिए ? हाम्रा समानता क एजेन्डा नस्ल वादी थिए ? आज ती एजेन्डा कमजोर पार्ने दुस्साहस कोबिरोध गर्नेलाई केपी ओलिकै सब्द सापटीलिएर प्रहार गर्नुपर्ने सम्म अबस्था सृजना भएको हो? ब्रम्हले देखेको कुरा लेखियो। रिसानी माफ पाउ । लालसलाम ! माओवादी आन्दोलन जिन्दावाद !वीर सहिदहरु अमर रहुन!

मिराक लिम्बू, पुर्ब जिल्ला अध्यक्ष , अखिल क्रान्तिकारी ,सुनसरी !
पुर्ब जिल्ला सदस्य , माओवादी , सुनसरी !

– लिम्बुको फेसबुकबाट

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad