Samyentra Dot Com

गृहपृष्ठ » प्रवासकसले बुझ्छ युएईका कलाकारको पीडा , के भन्छन् त सरोकारवाला ?

कसले बुझ्छ युएईका कलाकारको पीडा , के भन्छन् त सरोकारवाला ?

October 25, 2017२५५ पटक

                                         लेखक – राजा बगर

  • राजा बगर

युएईका प्रतिभाशाली कलाकारहरु सामाजिक कार्यक्रममा बाल्टि भरेर दुध दिने लैनो गाई भएका छन । युएईका क्रियाशील संघसंस्थाहरुबाट कलाकारहरुको प्रतिभाको शोषण भएकै हो ? नेपालबाट राष्ट्रिय कलाकारहरु लाखौँ खर्च गरेर बोलाईन्छ । ती राष्ट्रिय कलाकारहरु जत्तिकै स्टेच हल्लाउने र भत्काउने युएईमा स्थानिय कलाकारहरु जन्मिएका छन तर उनिहरु कालो भैरवलाई भाकल गरिएको कालो बोके जस्तै साबित भएका छन । उनिहरु काटिन्छन अनि प्रसाद को रुपमा एउटा दोसल्ला र प्रमाण प्रत्र हातमा थमाईन्छ ; स्पस्ट छ ।

के भन्छन त चर्चित स्थानिय कलाकार हरु ?

सुदिप गैरे

लाखौँ खर्च गरेर एल्बम निकालिन्छ तर युएईमा न स्टेज पाईन्छ न उचित पारिश्रमिक । पाई हाले पनि रास्ट्रिय कलाकार हरुले भन्दा बढि स्टेच तताउदा समेत पारिश्रमिक पाईदैन । अब राहत र सहयोगको लागि गरिएको कार्यक्रममा बाहेक अन्य कार्यक्रममा निःशुल्क नजाने ।

हरि डुम्रे

जब चाडपर्व आउँछ हामि आफै संबन्धित समाजको टिकट बेच्ने देखि लिएर विभिन्न सहयोगमा जुटिन्छौ स्टेचमा गाउछौ नचाउछौ तर कुनै पारिश्रमिक हुदैन । नेपाल बाट लाखौँ खर्च गरेर कलाकार ल्याउने समाजहरुले हामि माथि ठूलो अन्याय गरेका छन ।

सरोज थापामगर

कलाकारहरु बिचको असमझदारि , घमण्ड र हैकमवादले गर्दा पनि कलाकारहरुले पारिश्रमिक नपाएका हुन । सक्षम कलाकार तालि बजाउने र असक्षमले स्टेजमा गित गाउने चलन नौलो होइन । यहाँ नातावाद , कृपावादको ठुलो चलखेल र मिलेमोतो छ ।

नरेन सापकोटा , प्रकाश ढकाल

बिना पारिश्रमिक घाँटि सुकाएर पसिनाले घाँटि भिजाउनु युएईका कलाकारहरुको बाध्यता छ । त्यस्तै कलाकारहरु बिच ऐक्यबद्धताको कमि , को भन्दा को कम भन्ने अहमता र कालो विचार यस कलाकार समुह भित्र नभएको हैन । प्रतिभा शालि कलाकारहरुको छनौट गरेर मुल्यांकन गरिन जरुरि छ । कलाकारिता कुनै प्रतिभाको मापदन्ड नापजोख गर्ने निकाय नभएकोले पनि को सक्षम को असक्षम छुट्टाउन गार्हो छ । यसैको फाईदा विभिन्न समाजहरुले दैनिक लिने गरेको देखिन्छ । समाजसेविहरुले स्वंय अरुको पसिनाको कदर गर्नु पर्छ भनेर बुझ्न जरुरि छ ।

गोपाल भट्टराई

हामि जागिर गरेर पनि हरेक संघसंस्थालाई रमाईलो र हाम्रो संस्कृतिलाई जागाउने हरेक कोसिस गरेका छौ । हामि नेपालमा थियौ भने पनि रास्ट्रिय कलाकारको उपाधि पाउने थियौ तर युएईमा हरेक समाजिक कार्यमा तनमन धनले सहयोग गर्दा पनि हाम्रो कुनै पारिश्रमिक तोकिएको छैन । अब हामि कलाकारहरुले सोच्ने बेला आएको छ ।

बिनोद लोहनि क्षेत्रि

म नेपालि गीत संगीतलाई धेरै माया गर्छु।त्यसमा लोकगीत मेरो प्रमुख बिधा हो ।त्यही बिधा अन्तर्गत रहेर  लोक गीतमा आवाज दिने, लय सिर्जना गर्ने , अनि शब्द पनि बनाउछु ।निःशुल्क हुनु हुदैन ।

कुमारि सुस्केरा , हुमनाथ कुँवर

जो रहर मात्र हो । स्टेज पाए ,भए हुने र जसको गित सङ्गितको लागि लगानी छैन भने मेहनत गर्नु भको छैन । आधिकारिक रूपमा एल्बम डेब्यु गरेको छैन भने यी दुई बिच छुट्टाएर कसको कति लगानीको हिसाबले पारिश्रमिक दिए धन्य हुन्थ्यो होला सायद । म पनि नयाँ नै हो आधिकारिक रूपमा लागेको त बल्ल एक बर्ष भयो । एक वर्षको कमाई एल्बममा स्वाह पार्यो । यहि क्षेत्रमा भविस्य खोज्दैछु । मलाई चाहिँ यहा मात्रै सिमित हुनु छैन , स्वदेश , बिदेशको यात्रा गर्ने लक्ष्य छ । भाग्यले साथ दियो भने एक कुशल कलाकार बन्ने लक्ष्य छ । पारिश्रमिक योग्यता अनुसार पाउन पर्नै हो ।

अब स्थानिय कलाकारहरुको बिषयमा के भन्छन त युएईका संस्था  प्रमुखहरु

मणि प्रसाद भुर्तेल ( निर्वतमान महासचिव , नेपालि समाज युएई )

पारिश्रमिकबाट बन्चित बनेको तितो यथार्थ हो । टाढाको आरन भन्दा नजिक को ढुंगा प्यारो पनि भएर हो । यहाँ कलाकारहरु हरेक जिल्ला समाज , जातिय समाज , रास्ट्रीय समाज संग सम्बन्ध वा सदस्य एवं कार्यसमितिमा रहेको हुनाले पनि र युएईका कलाकारले कलाको माध्यमबाट समाजसेवा गरेको कारणले पनि पारिश्रमिकबाट बन्चित रहेको मुख्य कारण हो । युएईमा कर्मथलो बनाएर रहेका परिचित रास्ट्रीय स्तर वा रास्ट्रीय कलाकारको संख्या करिब ६० को हाराहारी मा छन् । आयोजकले राम्रो संग सम्पर्क गर्ने हो भने युएईमा सबै विधामा पोख्त कलाकार छन् तर समस्या राम्रा र सक्षम को पहिचान गर्न नसक्नु नेपाली समाज को कमजोरी हो । अर्का तिर हेर्दा यहाँ अन्तरास्ट्रिय कलाकार समाज , नेपाल कलाकार समुह र अर्को कलाकार मंच हुनु मा पनि यो स्थिति आएको हो । २०औँ हजार दर्सकलाई मनोरंजन दिन सक्ने पोख्त कलाकार एवं नेपाली समुदायका झाँकी एवं पन्चे बाजा पनि छन । आयोजकले नेपालबाट मोटो रकम तिरेर ल्याउने कलाकार भन्दा कम छैंनन ।

प्रदेशको बसाइमा सबै विधाका राजनैतिक सस्था , पत्रकार , कलाकार एवं समाजसेविको ऐक्यबद्धता अभियान सुरु गर्ने समय ढिला भैसकेको तितो यथार्थतालाई विश्राम मार्दै कलाकार कुनै जात धर्म लिङ्ग का हुदैनन् । सबैलाइ समान देख्नु र पहिचान गर्नु नेपाली समुदाय को काम हो । तर हाम्रालाई होइन राम्रोलाई प्रदेशका कलाकारले अहिले सम्म सामाजिक देन सहित आफ्नो पारिश्रमिक साटेका छन् । अब हातमा पारिश्रमिक पाउनु पर्छ ।

भुवन गुरुड (कम्युटर शिक्षा अभियान कर्ता साथै धाधिङ समाज युएई)

म कुनै पनि कार्यक्रमसंग संम्बन्धित व्यक्ती होइन र म त्यस्ता कार्यक्रमको आयोजक पनि छैनन् । जो जसले जुन प्रकार को सहयोग गर्न सक्छ गर्ने हो । नेतृत्त्व गर्नेले कोओर्डिनेटिङमा काम गर्दै टिकट पनि बेच्छ भने कलाकारले टिकट बेच्दै गीत गाउँछ त्यसैले हरेकले आआफ्नो क्षेत्रबाट सहयोग गरी रहेको हुन्छ ।

पारीश्रमिक दिने कुरै आउँदैन र कलाकारको मात्र दुख देख्ने होईन आयोजक सबैको दुख देख्ने गर्नु पर्छ । यसरि कलाकारलाई पैसा दिएर बिकृती ल्याउनु हुन्न किन कि यहाँ पेशाले कोही कलाकार छैन मात्र बचेको समय लाई सदुपयोग गर्दै आफ्नो ट्यालेण्ट प्रस्तुत गर्ने मात्र हुन । पेशेवर वकलाकार हुन भने पारीश्रमिक दिनु पर्छ ।

राजु खड्का (अध्यक्ष , अर्घाखाँचि सम्पर्क समिति )

रोजगारको शिलशिलामा युएईमा रहेर नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने युएईको भाषामा भन्दा स्थानिय कलाकारहरु निशुल्क नै आफ्नो प्रस्तुती देखाउन वाध्य छन जो सम्पूर्ण युएई मा रहेका नेपालीहरुलाई थाहा भएकै कुरो हो ।

यस्तो हुनुमा २ वटा कारण रहेको मैले अनुमान गरेको छु । पहिलो वास्तवमै कला भएको व्यक्तीहरुले भन्दा सिकारु या आफुलाई दक्ष मान्ने तर यथार्थमा केही नहुनेहरु संस्थामा आबद्द हुने र स्टेज नदिदा सस्थालाई नै असर पार्छन कि भन्ने भयका कारण राम्रो भन्दा पनि हाम्रो भन्ने रोजाइमा रहेको हुँदा वास्तविक कलाकारहरु जसो भएनी आफ्नो कला देखाउने स्थान पाए हुन्थो भन्ने कारण रहेको छ भने अर्को दुबइमा कुनै पनि कार्यक्रम गर्दा खर्च निकै हुने र नेपालबाट जे जस्ता भएनी कलाकार बोलाँउदा टिकट बेच्न सजिलो हुने हुँदा आफ्नो परिश्रम नमिले पनि नामको लागि मात्र भए पनि आफ्नो प्रस्तुती निशुल्क दिन वाध्य छन ।

खुम आलेमगर (अध्यक्ष , पाल्पालि समाज युएई)

यहाँ आएका पेसेएर कलाकार होइनन् नोकरी गर्न आएको हो । खाली समयमा गला कला भएकाले आफ्नो हिसाबले गाउनुलाइ कलाकार भनी हाल्न अलि मिल्दैन । कि भन्छु म त जसले कलाकारिता क्षेत्र मात्रै रोजेर आफ्नो जिविकोपार्जन गर्छन् उसैलाई कलाकार भन्दा सान्दर्भिक होला । यहाँ आएर काम गर्ने अनि वरिष्ठ कलाकार हुँ भन्न खोज्नु दोहोरो नागरिकता खोजे जस्तो हुन्छ जस्तो लाग्छ । तसर्थ जसको गला कला छ उसलाइ सम्मान गर्नु पर्छ तर पेशेवर कलाकार होइनन् मेरो आफ्नो नितान्त व्यक्तिगत बुझाइ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad