Samyentra Dot Com

गृहपृष्ठ » आर्थिक / कृषि, सहकारी, ग्यालरीकृषि उत्पादनलाई ब्यवसायिक बनाउन लगानीकर्ता खोज्दै उद्यमी

कृषि उत्पादनलाई ब्यवसायिक बनाउन लगानीकर्ता खोज्दै उद्यमी

October 21, 2017३८१ पटक

दाङका लक्ष्मण पौडेल जिविका चलाउन प्ररीमा जागिर खानुहुन्थ्यो । द्वन्द्वकालमा माओवादीको दवाव थेग्न नसकेर उहाँले जागिर छाड्नु प¥यो । त्यसपछि उहाँलाई परिवार पाल्न समस्या भयो । पोखरा पुगेर उहाँले घरघर डुल्दै चिनीयाँ घडी बेच्न थाल्नुभयो ।
त्यसले खासै आम्दानी नदिएका बेला उनलाई पुराना साथीले पोखरामा मसलाको ब्यापार गर्न आग्रह गरे । पौडेलको नाजुक आर्थिक अबस्था देखेर उनले सामान उधारोमा दिन थाले । ‘ब्यापार सुरु गर्दा मैले ४ सय रुपैयाँ लगानी गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘साथीले पठाइ दिएको टिमुरको छोप, बेसार, पिठोलगायतका सामग्री घरघर लगेर बेच्थें । श्रीमती मसँगै डोकोमा फलफूल बोकेर बेच्दै हिँड्थिन् ।’  
उहाँलाई समान दिने तिनै साथीले भारतमा मसला उत्पादन गर्ने कम्पनीमा सिक्न पठाए । त्यहाँ मसला उत्पादन विधि सिकेर फर्केपछि उहाँले २०६६ मा कालिका विएम एग्रो उद्योग स्थापना गर्नुभयो । उहाँ अहिले फावरको पिठो, सातु, आटा, टिमुरको छोपलगायतका सामग्री उत्पादन गर्नुहुन्छ । उहाँले केही महिनाअघि बुटवलमा भएको १५ दिने मेलामा आफ्ना उत्पादनसहित सहभागिता जनाउनु भयो । मेलामा उहाँका उत्पादन ‘हटकेक’ जस्तै भए । त्यस अबधिमा उहाँले १८ लाख ५० हजार रुपैयाँको कारोबार गरेको सुनाउनु भयो । उहाँले मेलामा टिमुरको छोप मात्रै ७ हजार बट्टा बेच्नु भएको थियो ।
उहाँ  कृषि ब्यवसायलाई विस्तार गर्न नेपाल आन्ट्रप्रेनर हब ले आयोजना गरेको झण्डै साढे दुई महिना लामो ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ मा सहभागी हुनु भएको छ । उहाँले क्याम्पमा बसेर कसरी आफ्नो उत्पादनबाट उपभोक्ताको मन जित्ने तरिका सिक्नु भएको छ । ‘आफ्नो उत्पादन कसरी गुणस्तरिय बनाउने, ब्यवसायमा घाटा लाग्यो भन्नासाथ नआत्तिने, नरिसाउने, थोरै नाफा खाएर घेरै बेच्ने विजनेस टिप्सहरू सिकेको’ उहाँ बताउँनु हुन्छ । उहाँको ब्यवसाय गुणात्मक रुपमा विस्तार हुँदैछ । जग्गा लिजमा लिएर बुटवलमा उद्योग स्थापना गरेका उहाँले नवलपरासीको तुलसी नगरमा आफ्नै जग्गा लिएर उद्योग विस्तार गर्दै हुनुहुन्छ ।
कृषिमा आधारित ब्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा पौडेलजस्तै २५ ब्यवसायका ५० जना सहभागी   छन् जसलाई विश्व बैंक, इन्फोडेभले सहयोग गरे ।राम्रा ब्यवसायमा लगानी गर्दै आइरहेको विजनेश अक्सिजन (विओटु) ले बुट क्याम्पमा साझेदारी गरिरहेको छ ।

बुट क्याम्पमा अहिले कृषिमा आधारित ब्यवसाय गर्दै आएका ती २५ वटा समुहले आफ्नो ब्यवसायिक योजनालाई उचाइमा पु¥याउने गरी तिखार्दै छन् । यस प्रकारको कार्यक्रमले छानिएका कृषि उत्पादनमा आधारित ब्यवसायलाई दीगो बृद्धितर्फ लैजान सघाउने आयोजकको विश्वास छ । यसबाहेक विजनेश गर्ने नयाँ आइडिया भएका स्टार्टअपहरूलाई आफ्नो दिमागमा भएको ब्यवसायलाई बजारसम्म पु¥याउन ब्यवसायिक र आर्थिक योजना बनाउन मद्दत गर्ने छ ।
क्याम्प अबधिमा सहभागीले कृषिमा आधारित ब्यवसायलाई विकास र विस्तार गर्न ठोस दक्षता हासिल गर्ने एनइहवका ब्रिजेन्द्र जोशी बताउनु हुन्छ । सहभागीलाई औद्योगिक विज्ञहरूले आपूर्ती सप्लाई चेन, भ्यालु एडेड, बजारिकरण, कानुनी प्रक्रिया, विक्री, वितरण, लगानी, साझेदारी लगायतका  िवषयमा प्रतिशिक्षित गरे ।
कसरी छानिए ति कृषि ब्यवसायमा आफ्नो भविष्य देख्नेहरू ? एक छिन् बुट क्याप्पमा सहभागीहरूको छनौट प्रक्रियालाई नियालौं ।
दुई समुहमा विभाजन गरेर बुट क्याम्पका सहभागीलाई छानेको थियो । सुरुमा नयाँ आइडिया÷स्टार्टअप र ब्यवसाय गरिरहेकाहरूसँग फेब्रअरी १२ देखि मार्च १० सम्म छुट्टाछुटै आवेदन माग गरिएको थियो । यसमा देशभरिबाट ३८३ स्टार्टअप र २५८ वटा ब्यवसाय गरिरहेका गरी ६४१ ब्यवसायीले आवेदन गरेका थिए । दुवै गरी प्रि जजिङ राउन्डबाट ६५ स्टार्टअप र ४६ ब्यवसाय गरिरहेकाहरु छानिए ।
तीमध्ये स्टार्टअपहरूलाई पहिलो पटक ‘स्टार्टअप विकेन्ड’ मा सहभागी गराइएको थियो । यसअघि आइटी क्षेत्रमा इनोभेटिभ आइडिया भएकाहरूलाई स्टार्टअफ विकेन्डमा सहभागी गराउने अन्तराष्ट्रिय प्रचलन थियो । यसपाली नेपालमा कृषि ब्यवसाय गर्न खोज्ने स्टार्टअपहरूले त्यस्तो अबसर पाएका थिए । स्टार्टअप विकेन्डमा खासगरी सप्ताहान्तको शुक्रबार साँझदेखि आइतबार साँझसम्म ब्यवसायीले लगातार क्याम्पमा बसेर आफ्नो ब्यवसायीक योजनालाई तिखार्छन् । अप्रिल ७ देखि ९ तारिकसम्म लगातार ५४ घन्टा भएको कार्यक्रममा ३३ सहभागीले आआफ्ना आइडिया पिच गरेका थिए । त्यसबाट १० वटा आइडिया छानिएका थिए । तीमध्येबाटै अन्तमा ५ वटा आइडिया बुटक्याम्पका लागि छानिए ।
 अर्कोतर्फ चालु कृषि ब्यवसायमध्ये ‘स्पिड डेटिङ’ का माध्यमबाट ४६ मध्ये अप्रिल १ मा २० वटा ब्यवसाय छानिए । ती ब्यवसाय कृषि ब्यवसायमा दख्खल राख्ने विभिन्न ब्यक्तिहरूको समुहले योजना मूल्यांकन र अन्तवार्ताका माध्यमबाट छनौट गरेको थियो ।
यसरी दुई समुहबाट छानिएका ५ स्टार्टअप र २० वटा चालु ब्यवसाय गरी २५ समुहलाई अप्रिल २१ देखि २७ सम्म भएको ‘एग्रिबिजनेश बुट क्याप्प’ मा सामेल गराइएको थियो । क्याम्पको साताभर हरेक दिन विभिन्न विषयका विज्ञले उनीहरूलाई सप्लाइ चेन, प्याकेजिङ, भ्यालु प्रपोजिसन, कस्टोमर सेग्मेन्टेसन, ब्रान्डिङ, फाइनान्स, सेल्स एन्ड डिस्ट्रिब्युसनलगायतका विषयमा प्रशिक्षण दिएका थिए । अन्तिम दिन सहभागीहरूले आफ्नो प्रस्तुति दिएका थिए । निर्णायकहरूले तीमध्येबाट उत्कृष्ट २० जनालाई छानेका थिए ।
त्यसपछि ती ब्यवसायिक समुहलाई नेपाल एग्रिबिजनेश इन्नोभेसन सेन्टर लाइ हस्तान्तरण गरिने छ । सेन्टरले ब्यवसायलाई लगानी गर्नेहरूसँग सहजीकरण गर्ने, ब्यवसाय विस्तार गर्न देखिएका चुनौतीहरूको समाधान गरिदिने, प्रशिक्षण र परामर्श दिनेलगायतका काम गर्ने छ ।
यसरी छानिएका उत्कृष्ट ब्यवसायमा चिया, कफी, केरा, अचार, मसला, मह, जडिबुटी, खाद्य प्रसोधन, नरिवलको पातबाट दुना टपरी बनाउने लगायतका ब्यवसाय छन् ।
बुट क्याम्प अबधिमा सहभागीहरूले आफ्नो ब्यवसायलाई विकास र विस्तार गर्न भरपूर दक्षता हासिल गरेका छन् । कुनै योजनाबिना ब्यवसाय सुरु गरेका बेला बुट क्याम्पमा बसेर बजार खोज्ने, ब्यवसायिक योजना बनाउने, उत्पादित बस्तुको गुणस्तर कायम गर्ने, स्तरीय प्याकेजिङ कसरी गर्ने जस्ता कुराहरू सिकेको कालिकाका पौडेल बताउँछन् । ब्यवसाय विस्तार गर्ने यस्तो महत्वपूर्ण अबसर दिलाए भन्दै उनले क्याम्प आयोजकप्रति आभार ब्यक्त गरे ।
कतिपय योजनाले बुट क्याप्पकै अबधिमा लगानीकर्तासमेत भेटिसकेका छन् । बुट क्याम्पमा साझेदारी गरिरहेको विजनेश अक्सिजनले उत्कृष्टमध्ये ७ वटा ब्यवसायमा लगानी गर्ने इच्छा जाहेर गरेको एनइहवकी सुसन कर्माचार्य बताउनु हुन्छ । ‘संसारमै पहिलो पटक भएको यस्तो क्याम्पको अनुभव अन्य मुलुकमा समेत विस्तार गर्ने विश्व बैंकले योजना बनाएको छ,’ उहाँले भन्नु भयो ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad