Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, प्रवास, मुख्य खबरभवन भट्ट बने एनआरएनएको अध्यक्ष

भवन भट्ट बने एनआरएनएको अध्यक्ष

October 16, 2017६५० पटक

काठमाडौ / गैर आवासीय  नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको बिश्व  सम्मेलनबाट भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।  भट्ट निवर्तमान  उपाध्यक्ष हुन्  । उनले  प्रतिद्वन्द्वी जमुना गुरुङलाई पराजित गरेका छन्  । भट्ट जापानमा एक ब्यबशायीका रुपमा स्थापित भइसकेका ब्यक्ति हुन् ।

काठमाडौंमा भएको आठौ बिश्व सम्मेलनबाट   जमुना घले गुरुङलाई  हराउँदै भट्ट विजयी भए । उनले ११ सय ९७ मत प्राप्त गरे भने गुरुङले ५ सय ८४ मत प्राप्त गरिन्  । सम्मेलनमा  १७८८ मतदाताले मतदान गरेका थिए ।

अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताएका छन् ।

त्यसैगरी दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष रन्जु थापालाई पछि पार्दै  सपिला राजभण्डारी निर्वाचित भएकी छिन्  ।  महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा डा. बद्रि केसी निर्वाचित भएका छन् ।

दुई सचिवका लागि ६ जना उमेदेवारबीच  भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा हिक्मतबहादुर थापा पुन: बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएका छन्  ।

महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भए ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुने ब्यबस्था छ ।एनआरएनएले  ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको भएपनि सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुकका गैरआवासीय नेपाली सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad