Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, मुलुकप्रदेश नम्बर २ की पहिलो महिला मेयरको फार्तिफुर्ती बढ्दै

प्रदेश नम्बर २ की पहिलो महिला मेयरको फार्तिफुर्ती बढ्दै

October 13, 2017१५८ पटक

रौतहट । प्रदेश नम्बर २ की पहिलो महिला मेयर रिना कुमारी साह ‘कविता’ ले ढिलासुस्ती नगरी जनताको काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित साहले आफू पनि जनताको पिरमार्का बुझेर सेवामा खट्ने बताउनुहुँदै कर्मचारीलाई पनि जनताको पीडा बुझेर सेवामा खट्न निर्देशन दिनुभयो ।
रौतहटस्थित मौलापुर नगरपालिकाबाट निर्वाचित मेयर, उप–मेयर लागयत ९ वटै वार्डबाट विजयी अध्यक्ष्य तथा सदस्यहरुको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्नुहुँदै साहले यस्तो निर्देशन दिनुभएको हो । उहाँले चुनावका कारण रोकीएको वृद्धभत्ता वितरणको कार्यलाई सुचारु गरिने बताउनुभयो ।
विकसित र समृद्ध समाज निर्माणको लागि महिलाको जागरण आवश्यक रहेको उल्लेख गर्नुहुँदै मेयर साहले त्यसका लागि घर–घरबाट पहल चाल्न आवश्यक रहेको बताउनुभयो । महिलाको जागरणका लागि आफू पनि लाग्ने बताउनुहुँदै उहाँले समृद्ध समाज निर्माणका लागि जागरुक महिला आवश्यक रहेकाले सम्पूर्ण पक्षले त्यसको पहल गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले केही समय पहिला बाढी र डुबानबाट पीडित भएकाहरुसम्म पुग्ने गरी राहत वितरणको कार्यलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी मौलापुर नगरपालिकाका उप–मेयर गौरीशंकर जयसवालले मौलापुरलाई नमुना नगरपालिकाको रुपमा विकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले मौलापुरलाई नमुनाको रुपमा विकास गर्न निर्वाचित सबै टिमले एकसाथ मिलेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा मौलापुर स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

(नोट ः फोटो पुरानै हो, आजको कार्यक्रमको होइन ।)

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad