छिमेकी नगरपालिकाहरुलाइ उछिन्यो केराबारी गाउँपालिकाले

आसपासका गतिला नगरपालिकाहरुलाइ उछिन्दै केराबारी गाउँपालिकाले  बेलैमा गाउँपरिषद सम्पन्न गरी आफुलाइ अब्बल साबित  गरेको  छ ।
गाउँपालिकाको प्रथम ऐतिहासिक गाउँ परिषदबाट  आ.व २०७३/०७५ का लागि कूल ३८ करोड ४४ लाख ८० हजार बराबरको वार्षिक वजेट तथा  नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि केराबारीबासी उत्सााहित भएका छन् ।
असोज दोस्रो साता भएको  गाउँ सभामा सिचाई राज्य मन्त्री अमरसिंह पूनले प्रमुख अतिथिका रुपमा  गाउँपरिषदको उद्घाटन गरेका थिए  । गाउँपालिकाका अध्यक्ष रोहित कार्कीको सभापतित्वमा सम्पन्न गाउँपरिषदमा केराबारी गाउँपालिकाको भौतिक, सामाजिक,आर्थिक बिकास सहित ५ वर्षे रणनीतिक योजना प्रस्तुत गरिएको छ । योजनामा दिर्घकालिन पूर्वाधार विकासमा जोड दिने, आधुनिक कृषि प्रणालीको विकास र बजारीकरण तथा विस्तार ,पर्यटकिय गन्तब्यको पहिचान तथा विकास, पहुचयोग्य र गुणात्मक शिक्षा लगायतका नीति तथा कार्यक्रममा समाबेश छन् ।
गाउंपालिका प्रमुख रोहित कार्कीले ६ पृष्ठ लामो वजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेसंगै गाउँपालिका मार्फत संञ्चालन हुने केही गौरवपुर्ण योजना तथा वजेटको खाका समेत सार्वजनिक भएको छ ।
खदम केराबारी समृद्ध एवं हरियाली भन्ने नाराका साथ आ.व ०७४/०७५ का लागि कूल ३८ करोड ४४ लाख ८० हजार बराबरको वार्षिक वजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
नेपाल सरकारवाट प्राप्त हुने समानिकरण बजेट २० करोड ३३ लाख ४६ हजार , अनुदान बजेट ९ करोड ३० लाख ४६ हजार आन्तरीक आय तर्फ २ करोड ९५ लाख ६६ हजार ६० रुपैया र गत वर्षको मौजाद रकम ८१ लाख ४५ हजार र सामाजिक सुरक्षा भत्ता वापत प्राप्त हुने ५ करोड ३७ लाख ७ हजार रकम समेत गरी कूल ३८ करोड ४४ लाख ८० हजार बजेट तयार पारिएको हो ।

बजेटमा पूर्वाधार विकासका लागि १५ करोड ५३ लाख २५ हजार, आर्थिक विकासका क्षेत्रमा १ करोड १७ लाख,सामाजिक विकासका क्षेत्रमा १ करोड ९४ लाख २९ हजार, वातावरण तथा विपद व्यवस्थापन क्षेत्रमा १ करोड ४५ लाख ७५ हजार, स्ांस्थागत विकास तथा स्वा प्रवाहका क्षेत्रमा २९ लाख १८ हजार र वित्तिय व्यवस्थापन क्षेत्रमा १४ लाख वजेट छुट्याइएको छ ।
प्रत्येक वडा मार्फत विभिन्न योजना संञ्चालन गर्न ७५ लाखका दरले बजेट विनियोजन गरिएको छ ।  दिगो विकास तथा ५ वर्षे रणनीतिक योजना बमोजिम केही गौरवका योजना संञ्चालन गर्न गाउंपालिका मार्फत खर्च हुने गरी बैकल्पिक उर्जा प्रर्बद्धन कार्यक्रम संञ्चालन गर्न २ करोड छुटाइएको छ । यस्तै वडा नम्बर ९ को कुुसुमेवाट देविझोडा हुदै वडा नम्बर ३ को गोलग्राउण्ड सम्म बाटो स्तरोन्वति एवम कालोपत्रे गर्न १ करोड, केराबारी बजार क्षेत्रमा व्यवस्थित ढल तथा नाली निर्माणका लागि १ करोड,  खदम खोलामा तटबन्धन गर्न ९० लाख विनियोजन गरिएको छ ।
केराबारी ६ नम्बर वडाको कालापानी र ९ को भलुवामा बहुवर्षिय योजनाका रुपमा ओभरहेड ट्याङकी निर्माण गर्न ८० लाख, केराबारी ८ स्थित खदम खेल मैदान प्याराफिट निर्माणका लागि ४० लाख, वडा नम्बर ७ सिदुरेवाट लामिटार समला पाटीगाउं डाँडाबजार सडक निर्माण गर्न २५ लाख, खदम क्याम्पसको शैक्षिक स्तरोन्वतिका लागि १५ लाख, विहिबारे फाइबा सडक स्तरोन्वति गर्न रु १० लाख रकम विनियोजन गरिएको छ ।
गाउंपालिका उज्यालो कार्यक्रम अन्तरगत केराबारीलाई सौर्यबत्ति जडानका लागि साझेदारी कार्यक्रमको व्यवस्था मिलाइनेछ भएको छ । प्रत्येक वडाबाट केन्द्रसम्म सडक सञ्जालको पूर्वाधारमा जोड दिदै कालोपत्रे सडक विस्तारका साथै अन्तरवडा जोड्ने पुलपुलेसाहरुको कार्यक्रमलाई योजनाबद्ध रुपमा प्राथमिकता दिइनेछ वताइएको छ । साथै सर्पदंश उपचार केन्द्र ,एकिकृत खानेपानी उपभक्ता समितिको प्रबन्ध मिलाउदै स्वच्छ खानेपानीको विकासमा जोड दिइनेछ । नया तथा पुराना घरहरुलाई आचारसंहिताको पालना गराई निश्चित समय दिई घरनक्सा पास अनिवार्य गराइनुका साथै गाउपालिकाभित्र उपर्युक्त स्थान पहिल्याई बाल उद्यान निर्माण गरिने वताइएको छ ।

स्थानीय तहको निर्वाचनसंगै जनप्रतिनीधिले तयार पारेको वजेटको आकारले केराबारीवासी खुशी भएका छन् । साथै वजेटको समय सीमा तथा कतिपय योजनाहरु महत्वाकांक्षी देखिएपनि कार्यान्वयन पक्षमा जोड दिन सके केराबारीले ५ वर्षभित्र नयाँ फड्को मार्न सक्ने स्थानीय बुद्धिजीवी बताउँछन् । गाउंपरिषदमा वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्नुहुने विभिन्न वडाका ७ जना जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।
स्मरण रहोस् केराबारी गाउँपालिका मोरङ्को सबभन्दा ठुलो स्थानीय तह हो । उत्तरी मोरङमा पर्ने स्थानीय तहमध्ये उर्लाबारी नगरपालिकाले असोजको पहिलो हप्ता नगर परिषद सम्पन्न गरेपनि बेलबारी र सुन्दरहरैचा नगरपालिकाको नगर परिषद असोज बित्न लाग्दा पनि टुंगो लाग्न सकेको छैन । सुन्दर हरैचामा यसअघि नै नगर परिषद गर्न खोजिए पनि एमाले र काङ्ग्रेसको बिवादका कारण हालसम्म हुन सकेको छैन । उता बेलबारीमा लामो समयदेखि कार्यकारी प्रमुख नभएको कारण नगर परिषद टुंगो नलागेकोमा असोज तेस्रो साता नयाँ कार्यकारी आएकोले तिहारपछि नगर परिषद हुने नगरपालिकाले जनाएको छ। यद्यपी नगरपरिषदको मिति अझै टुङो लागेको छैन । – किसन शाहीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *