Samyentra Dot Com

गृहपृष्ठ » Uncategorized, विविध, समाचारगैसस भित्रको सुशासन मजबुत बनाईने

गैसस भित्रको सुशासन मजबुत बनाईने

October 12, 2017१२१ पटक

नेपालगञ्ज- गैसस भित्रको आन्तरिक सुशासनलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएकोछ ।

ट्रान्सपरेन्सी इन्टननेशनल नेपाल काठमाण्डौको सहयोग, बास नेपालगन्जको आयोजना तथा गैसस महासंघ बाँके शाखाको सहकार्यमा असोज २६ गते नेपालगन्जमा सम्पन्न गैससमा सुशासन बिषयक अन्तरक्रियात्मक अभिमुखिकरणका सहभागि गैससकर्मीहरुले यस्तो प्रतिबद्धता गरेका हुन ।

गैसस महासंघ बाँके शाखाकी कार्यवाहक अध्यक्ष सपना भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गैसस महासंघ बाँके शाखाका निर्वतमान अध्यक्ष प्रभात कुमार ठकुरीले सबै गैससहरुले बफादारि पुर्वक काम गरेमा सुशासन कायम हुने
बताए । गैसस प्रति अपनत्वको बोध गरि सकारात्मक सोचका साथ अगाडी बढ्न उनले सबैलाई अनुरोध गरे । यसैगरी गैसस नेटवर्क बाँके का अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले पहिलेको तुलनामा गैसस भित्र आमुल सुधार भएको बताए । गैसस महासंघ बाँके शाखाका पूर्ब अध्यक्ष तेज बिक्रम शाहले गैसस महासंघले सबै गैससहरुको अनुगमन मूल्याङकन गर्न जरुरी रहेको बिचार राखे । यस्तै गैसस महासंघ बाँकेका सदस्य शिब लाल पाण्डेले गैससहरुमा पेशागत एकताको कमि देखिएको भन्दै महासंघले समन्वयकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धता गरे ।


बासका कार्यक्रम अधिकृत हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रमको शुरुवातमा गैससमा सुशासन बिषयक प्रस्तुतिकरण गैसस महासंघ बाँके शाखाका सचिब नमस्कार शाहले प्रश्तुत गरेका थिए ।

प्रश्तुतिकरण पश्चात भएको खुल्ला छलफलमा उपभोक्ता हित संरक्षण मन्च बाँकेका संयोजक बसन्त गौतम, सामुदायिक सेवा केन्द्रका दिपेन्द्र कुमार जोशी, राष्ट्रिय अपांग महासंघकी उमा चौधरी, टिटिहिरिया अपांग संघकी सोभना खड्का, चेतना परिवारका किरण गिरी, जिल्ला युवा क्लब संजाल बाँकेका राजन बर्मा, मिलापकी प्रेमा रोका लगायत सहभागिहरुले गैसस भित्रको सुशासनका बारेमा बोलेका थिए । कार्यक्रमको समापन गर्दै गैसस महासंघ बाँके शाखाकी कार्यवाहक अध्यक्ष सपना भट्राईले गैससहरुमा सुशासन प्रबद्र्धन गर्न महासंघ सजग रहेको बताईन । कार्यक्रममा जिल्ला स्थित ४२ बढि गैसस प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad