Samyentra Dot Com

गृहपृष्ठ » प्रवास’युएईमा निधन भएका शाक्यको परिवारलाई एनआरएनको सहयोग’’

’युएईमा निधन भएका शाक्यको परिवारलाई एनआरएनको सहयोग’’

October 10, 2017९० पटक

भरत शिवाकोटी , युएई / गैर आवासिय नेपाली संघ युएईले, गत २२ सेप्टेम्बर २०१७ मा कार्यस्थलमा दुर्घटना भई उपचारको क्रममा २ अक्टोबरमा निधन भएका सिन्धुपालचोक जिल्लाका दिनेश शाक्य कि श्रीमती लाई नेपाली दुतावास मार्फत आइतबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । एनआरएन युएईको अधिवेशन पश्चातको पहिलो बैठकबाट एनआरएन युएईका पञ्जिकृत सदस्यको मृत्यु भएमा १ लाख ५० हजार आर्थिक सहयोग गरिने निर्णय बमोजिम निधन भएका पञ्जिकृत सदस्य दिनेश शाक्य कि श्रीमती लाई ८ अक्टोबर आइतबारका दिन नेपाली दुतावास अबुधाबीमा युएईका लागि नेपालका राजदुत नेत्र बहादुर टण्डन मार्फत उक्त रकम सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष निर्मल कुमार पोख्रेल, महासचिव कृष्ण पौडेल, सचिव राजेश बोहोरा, युवासञ्जाल संयोजक नवीन पौडेल, लगायत एनआरएन युएईका सदस्य तथा आइसीसी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रवासी नेपाली मंच युएईका प्रतिनिधी तथा नेपाली जनसम्पर्क समिती युएईका प्रतीनिधी समेतको उपस्थिती रहेको थियो ।
संघले अल्पायुमा नै अकल्पनीय ढंगले दुर्घटनामा परि मृत्यु भएका दिनेश शाक्य प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेको छ र शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।
कार्यस्थलमा काम गर्दै गर्दा अचानक सिंढी बाट लडेर टाउकोमा गहिरो चोट लागेका दिनेशको अबुधाबी स्थित मफ्रक हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । उनको शवलाई जतिसक्दो छिटो नेपाल पठाउन आवश्यक प्रक्रिया पुरा गर्न एनआरएन युएईले दुतावास सँग समन्वय गरिरहेको संघका महासचिव कृष्ण पौडेलले जानकारी दिएका छन ।
मृतक दिनेश शाक्यलाई सहयोग गर्न अन्य केहि संघ संस्थाले समेत रकम संकलन गरिरहेको जानकारी प्राप्त भएको छ । युएईमा रहेको एमाले संगठन प्रवासी नेपाली मंच युएईले आगामी एक हप्ताभित्र आर्थिक सहयोग गर्ने महासचिव भेषराज ढकालले जानकारी दिएका छन भने सिन्धुपाल्चोक समाज ले समेत सहयोग गर्ने बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad