Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, बिचारमानसिक स्वास्थ्यका समस्या र सुधारका उपाय

मानसिक स्वास्थ्यका समस्या र सुधारका उपाय

October 10, 2017३३८ पटक

गोपाल ढकाल

मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौति एवं उपलब्धीका विषयमा छलफल तथा पैरबि गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अस्टुबरका दिन विश्वमानसिक स्वास्थ्य दिवस मनाइदै अइरहेको छ । विश्वमानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्वभरि नै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व मानसिक दिवसको नारा कार्यस्थलमा मानसिक स्वास्थ्य भनी तय गरेको छ ।
प्रायः हामी सबै व्यक्तिले दैनिक ८–१० घण्टा तथा आफ्नो जीवनको ठूलो हिस्सा कृषि, उद्योग, वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्था, प्रहरी प्रशासन, सुरक्षा निकाय, कलकारखाना, सरकारी तथा गैर सरकारी संघ संस्था आदि जस्ता कार्यस्थलमा काम गरेर विताउने गर्दर्छौ । कार्यस्थलको वातावरणले त्यहाँ काम गर्ने व्यक्तिको शारीरिक एवं मानसिक स्वास्थ्यमा असर पारिरहेको हुन्छ । यस विषयमा त्यति ध्यान दिइएको पाइदैन । त्यसो त अझै पनि हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाई, धारणा, सोच सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्यालाई लुकाउने, भन्न, उपचारको खोजी गर्न डराउने, अप्ठारो मान्ने गरेको पाइन्छ । आफ्नो समस्या भन्दा सहयोग पाउनुको सट्टा साथीभाइ, सहकर्मीबाट अपमानित भएको, आफ्नो कामबाट हात धुनु परेका उदाहरण पनि प्रसस्त भेटिन्छन् ।
कामदार, कर्मचारी, मजदुरको मानसिक स्वास्थ्य सबल नहुँदा उनिहरुको काम गर्ने क्षमतामा कमी आउने, काम गर्न मन नलाग्ने, विदामा मात्र बस्न खोज्ने वा जागिर छोड्ने, अनुपस्थित रहने, दुघटनामा पर्ने, जाँड रक्सिको कुलतमा फस्ने, रिसाउने, झगडालु हुने, सेवाग्राहीसंग राम्रो व्यवहार नगर्ने, झकर्ने जस्ता लक्षणहरु देखाउने गर्दछन् ।
हाम्रो समाजमा कामलाई त्यति धेरै सम्मान गरेको पाइदैन । उसले गर्ने काम र उसको पोष्टको आधारमा व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक फरक हुन्छ । सानो जात ठूलो जात भनेर उसले गर्ने कामकै आधारमा जातको समेत विर्गिकरण गरिएको छ । लुगा सिउने, जुत्ता सिउने, फलामको काम गर्ने, व्यक्तिहरुलाई अछुतको व्यवहार गरिन्छ । यस्तो व्यवहारले पक्कै पनि उनिहरुको आत्म सम्मानमा चोट पुग्छ । काममा तनाव र निरासा बढाउछ । उनिहरुको मानसिक स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने गर्दछ ।

कार्यस्थलमा मानसिक समस्या
विश्व मानिसक स्वास्थ्य संघका अनुसार कलकारखाना तथा विभिन्न कार्यालयहरुमा काम गर्ने व्यक्ति मध्ये पाँच जनामा एक जनालाई कुनै न कुनै मानसिक समस्या हुने गरेको पाइएको छ । रोजगारीमा रहेका धेरै व्यक्तिहरुलाई हुने मानसिक स्वास्थ्य समस्या भनेको तनाव, एन्जाइटि र उदासिनता नै हो । तर पनि कामदारमा देखिएको मानसिक समस्याको उपचार पचास प्रतिशत मात्र पाउने गरेको देखिन्छ ।
कार्यस्थलमा मानसिक तनाव वढ्नु तथा मानसिक स्वास्थ्य समस्या देखा पर्नुका पछाडी धेरै कारक तत्वहरु हुन सक्छन् । कार्यस्थलमा हुने बुलिङ र हेरेस्मेन्ट, हाकिम तथा व्यवस्थापनले गर्ने व्यवहार, कामको प्रकृति, महिला पुरुष बिच एउटै कामको ज्यालामा गर्ने असमानता, कार्य सम्पादनमामात्र जोड दिनु, महिला कर्मचारीप्रति गरिने यौन शोषण, आर्थिक शोषण, सेवा सुविधामा कमी,काम गर्ने उत्प्रेरणा नहुनु, नयाँ प्रविधिको प्रयोग नहुनु, तलबले आफ्नो आधारभूत आवश्यकता पुरा नहुनु, मनोरन्जनको अभाव, कामको अनुभव नहुनु, कामबाट कहिले निकाल्ने हो ग्यारेन्टी नहुनु, आफ्नो रुचि भन्दा बाहिरको काम गर्न वाध्य हुनु, व्यक्तित्व विकासको अवसर नपाउनु, विदा नपाउनु, आप्mनो क्षमता भन्दा बढि र कठिन काम गर्न वाध्य हुनु, काम गर्ने कार्यस्थल सफा, स्वस्थ नभई धुवा, धुलो र कोलाहाल पूर्ण हुनु, ठुलो पद सानो पद भनेर भेदभाव गर्नु, निरुत्साहित बनाउनु, प्रमोसन नहुनु, चाकडी तथा चाप्लुसी प्रथा, नाताबाद कृपावाद आदि जस्ता कारणले व्यक्तिको मानसिक स्वास्थ्यमा असर पु¥याउने गर्दछ ।
नेपालको परिप्रेक्क्षमा पनि कार्यस्थलमा हुने यस्ता बाधा, अवरोध र कठिनाइले धेरै व्यक्तिको मानसिक स्वास्थ्यमा असर र प्रभाव पारेको अनुमान गर्न सकिन्छ । एउटा भनाइ नै छ ः “सरकारी काम कहिले जाला घाम” यस भनाइले सरकारी कर्मचारीहरुमा काम गर्ने जोश जाँगर र उत्प्रेरणा कम भएको देखाउछ । सरकारी कर्मचारीले तुरुन्त काम नगरिदिएको, राम्रोसँग नबोलेको, रुखो व्यवहार गरेको, पैसा खान खोजेको जस्ता आरोप उनिहरुमाथि नलाग्ने गरेका पनि होइनन् । हामी धेरैले गरेको तितो अनुभव पनि हो यो ।
मिडिया हाउसहरुले श्रमजिवि पत्रकारलाई न्यूनतम परिश्रमिक नदिएको, हस्पिटल÷स्वास्थ्य संस्थाहरुले नर्सहरुलाई पारिश्रमिक नदिइ काममा लगाएको, सलुट नहान्दा हाकिमले सिपाइलाई निर्घात कुटपिट गरेको, सिपाइलाई हाकिमले जुत्ताको तुना बाध्न लागाएको, घरेलु बालश्रमिक तथा घरेलु महिला कामदर माथि यौन तथा शारिरीक हिंसा, आर्मी पुलिस भित्र यौन शोषण, जागिर लगाइदिने भन्दै गरेको यौन शोषण आदी जस्ता समाचारसुन्नमा आउने गर्दछन् । यस कुराले कार्यस्थलहरुमा हुने मानसिक समस्यालाई सहजै अनुभव गर्न सकिन्छ ।
बैदेशिक रोजगारिमा गएका नेपालीहरु मानसिक समस्याबाट झनै बढि प्रभावित हुने गरेका छन् । कामको प्रकृति, साहुको दुव्र्यावहार, मानसिक टचर, शारिरीक एवं यौन शोषण, कार्यस्थलको वातावरण जस्ता कारणबाट मानसिक समस्यामा पर्ने, आत्महत्या गर्ने, दुर्घटनामा पर्ने, केहि समय पछाडिनै नेपाल फर्कन वाध्य हुने गर्दछन् । वैदेशिक रोजगारीमा गएर नेपाल फर्केका महिलामा गरिएको एक अध्ययन अनुसार झन्डै ६८ प्रतिशत महिलाहरुमो कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ ।
आफ्ना कर्मचारी कामदार मजदुरहरुको मानसिक स्वास्थ्य स्थिति स्वस्थ, सवल र मजबुत भए मात्र उनिहरुले राम्रोसंग काम गर्न सक्छन् । यसले कामको उत्पादकत्वमा समेत बृद्धि गर्दछ । तर उनिहरु मानसिक रुपमा स्वास्थ्य नहुँदा उनिहरुको कार्य क्षमतामा कमि आउँछ । जसले गर्दा उत्पादन लागत समेत बढ्न जान्छ ।
डिप्रेसन, तनाव लगायतका मानसिक समस्याको कारण मजदुर, कर्मचारीको कार्यक्षमतामा कमी आई प्रत्येक वर्ष एक टिलियन अमेरिकी बराबरको उत्पादनमा ह्रास आउने गरेको एक अध्ययनले देखाएको छ । यसै गरी मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने पनि अर्को एक अध्ययनले देखाएको छ । यस कारण मानसिक स्वास्थ्यमा लगानी गर्नु, आफ्नो कर्मचारी, कामदारको मानसिक स्वास्थ्य अवस्थाको ख्याल गर्नु, मानसिक स्वास्थ्य समस्या देखिएमा बेलैमा उपचारको पहल गर्नु, उपचारको खोजी गर्न, उत्प्रेरित गर्नु यसलाई सबैको चासो र सरोकारको विषयबनाउनु आवश्यक छ ।
मजदुर÷कर्मचारीहरु खुशि, सन्टुष्ट र मानसिक रुपमा स्वस्थ भए मात्र राम्रोसँग काम गर्न सक्छन् र राम्रो परिणाम आउछ । कम्पनी, अफिले गरेको प्रगतिको पछाडि आफ्ना कामदार र कर्मचारीहरुको ठूलो हात हुन्छ भन्ने कुरालाई बिर्सनु हुदैछ ।
कार्यस्थलको मानसिक स्वास्थ्यमा सुधार ल्याउनको लागि व्यवस्थापक, हाकिम तथा साहु, मानसिक स्वास्थ्य कर्मी, पैरवि कर्ता, स्वयम् कामदार, सरोकारवाला, समाज र राष्ट्र सबैको त्यतिनै ठूलो भूमिका हुन्छ । कर्मचारी÷कामदार र व्यवस्थापक बिचको सम्बन्धलाई सुमधुर बनाएर पारिवारिक वातावरण श्रृजना गर्ने, निर्णय प्रकिृयामा कर्मचारी, मजदुरहरुलाई समेत सहभागि गराउने, सबैको कामलाई उत्तिकै महत्व र सम्मान गर्ने, स्वास्थ्य विमाको व्यवस्था गर्ने, बेला बेलामा कर्मचारीहरुलाई सम्मान र पुरस्कृति गर्ने, प्रमोसन गर्ने, उनिहरुको व्यक्तित्व विकासका तालिमहरु संचालन गर्ने, भ्रमण तथा पिकनिक लैजाने, तनाव व्यवस्थापनको तालिम दिने, आवश्यकता अनुसार सेवा सुविधा बढाउने, प्रविधिको प्रयोग गरेर कामको बोझलाई घटाउने आदी कार्य गरेर मजदुर, कर्मचारीको तनाव घटाउन सकिन्छ र उनिहरुको मानसिक स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad