Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरकालोमोसो काण्डमा संलग्न सात जनालाइ सार्बजनिक अपराध मुद्दा

कालोमोसो काण्डमा संलग्न सात जनालाइ सार्बजनिक अपराध मुद्दा

October 10, 2017११७ पटक

मोरङको बेलबारी २ स्थित सिंहदेवी डाँडामा स्थानीय १४ बर्षीया दलित बालिकालाई कालोमोसो दलेको अभियोगमा पक्राउ परेका ७ जनालाई सार्बजनिक अपराधको  मुद्दा  लगाइएको छ ।
सो घटनामा संलग्न भनिएका मोरङको बेलबारी–२ का ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजंग परियारलाई म्याद थप  गरि मुुद्दाकाे प्रक्रिया अगाडि बढाइएको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले बताए ।
स्थानीय दलित बालिकालाई अनुहारमा कालोमोसो दल्नुका साथै ‘यो चोर्नी’ हो भन्ने ट्यागसमेत लगाइदिएर जुत्ताको माला लगाएर सिस्नुपनीले डाम्दै उनीहरुले बालिकालाई गाउँ घुमाएका थिए । गत १९ गते अनिता दनुवारको घरभित्रको खाटमा राखिएको पर्सबाट ७ सय ५० रुपैयाँ सम्झनाले चोरी गरेको आरोप पक्राउ परेकाले लगाएका छन् ।
प्रहरीले उक्त घटनाको बारेमा खबर पाउनासाथ बालिकालाई उद्धार गर्नुका साथै ४ जनालाई तत्काल पक्राउ गरेको र अनुसन्धानपछि थप ४ जनालाई पक्राउ गरेको हो । पिडित बालिकाको सुनसरीको धरानस्थित बिपि प्रतिष्ठानमा स्वास्थ्य जाँच  गरिएको प्रहरीले जनााएको छ   ।

वालिकाका बाबु मजदुरीका क्रममा भारतमा  छन । घटनालाई अत्यन्त संबेदनशिल रुपमा लिएर सुक्ष्म अनुसन्धान अगाडी बढाईएको निरिक्षक कटुवालले बताए । घटना भएको गाँउमा दैनिक रुपमा प्रहरीले निगरानी गरिरहेको र गस्ति समेत गरिरहेको उनको भनाई छ । ( बेतना दैनिकको सहयोगमा )

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad