Samyentra Dot Com

गृहपृष्ठ » प्रवासएनआरएनए युएईद्वारा शाक्य परिवारलाई राहत प्रदान

एनआरएनए युएईद्वारा शाक्य परिवारलाई राहत प्रदान

October 9, 2017१६७ पटक

                              मृतक दिनेश शाक्य

रामकुमार परियार
अबुधाबी – एनआरएनए युएईले आईतबार नेपाली दूतावास अबुधाबीमा एक कार्यक्रमको आयोजना गरि गत साता अबुधाबीमा मृत्यु भएका पंजिकृत सदस्य दिनेश शाक्यको परिवारलाई १ लाख ५० हजार नेपाली रुपैयाँ आकास्मिक राहत प्रदान गरेको छ ।

सातौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सेप्टेम्बर २१ मा बसेको पहिलो बैठकबाट निर्णय भए बमोजिम पहिलो राहत स्वरुप शाक्यको परिवारलाई उक्त राहत प्रदान गरिएको हो ।

युएईका लागि कार्यवाहक नेपाली राजदूत नेत्र बहादुर टण्डनको रोहबरमा मृतक शाक्यकी धर्मपत्नी कमला श्रेष्ठलाई उक्त राहत प्रदान गरिएको हो । एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ , महासचिव कृष्ण पौडेल र आईसीसी सदस्य चित्रहादुर केसिले संयुक्त रूपमा राहत प्रदान गरेका हुन ।

कार्यक्रममा एनआरएनए युएईका उपाध्यक्ष निर्मलकुमार पोखरेल , सचीव राजेश बोहोरा ,  युवा संजाल प्रतिनिधि नवीन पौडेल , प्रवक्ता मनु क्षेत्री , सदस्य विदुर न्यौपाने , आईसीसी सदस्य ठाकुरप्रसाद ढुंगाना , प्रवाशी नेपाली मंचका प्रतिनिधिहरु महासचिव भेषराज ढकाल सहित पुष्कर शर्मा , श्याम पाठक , प्रवीण पोखरेल र नेपाली जनसंपर्क समितिका प्रतिनिधिहरु उपस्थित थिए ।

लामो समयदेखि अबुधाबीमा कार्यरत शाक्य गत सेप्टेम्बर २२ तारिख भर्‍याङबाट लडेर घाईते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा अक्टोबर २ तारिख अबुधाबीको मफ्रक अस्पतालमा मृत्यु भएको हो ।

आफू कार्यरत कम्पनीबाट राजीनामा दिएर अबुधाबीमा निजि व्यवसाय खोल्ने तयारीमा रहेका शाक्यको आकस्मिक मृत्युले उनको परिवार र युएईका सिंगो नेपालीलाई स्तब्ध बनाएको छ ।

नयाँ भिजा लगाउने प्रक्रियामा रहेको बेला उनको अप्रत्याशित मृत्यु भएको कारण ओभर स्टे , प्रहरी र हस्पिटल सबै ‘क्लियरेन्स’ गरेर चाँडोभन्दा चाँडो शव नेपाल पठाउने एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए  ।

सहयोग संकलन अभियानमा प्रवाशी नेपाली मंच

प्रवाशी नेपाली मंच युएई अन्तरगत साबिया ईकाई कमिटीका सदस्य रहेका मृतक दिनेश शाक्यको असामयिक निधनप्रती प्रवाशि नेपाली मंच युएईले दु:ख व्यक्त गर्दै सहयोग संकलन अभियान थालेको छ ।

कानुनी अड्चनका कारण शव पठाउन धेरै पैसा लाग्ने भएकोले प्रवासी नेपाली मंच युएईले महासचिव भेषराज ढकालको संयोजकत्वमा राहत संकलन समिति गठन गरि सहयोग संकलन गरिरहेको छ ।

शव पठाउन करिब १५ हजार दिराम लाग्ने राहत संकलन समितिका संयोजक भेषराज ढकालले जानकारी दिए । उनले राहत संकलन अभियानमा सहभागी भई सहयोग गर्न युएईमा रहेका संपुर्ण नेपालीहरुलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad