Samyentra Dot Com

गृहपृष्ठ » Uncategorized, विविध, समाचारअपाँग सँघको केन्द्रीय साधारणसभा सम्पन्न

अपाँग सँघको केन्द्रीय साधारणसभा सम्पन्न

October 8, 2017१९४ पटक

नेपालगञ्ज- नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्रको ३० औं केन्द्रीय साधारणसभा नेपालगञ्जमा असोज २२ गते सम्पन्न भएको छ ।

२०२६ सालमा स्थापना भएको संस्थाको बार्षिक साधारणसभा बाँके शाखाको आतिथ्यतामा सम्पन्न भएको हो । ६ वटा जिल्लामा शाखा स्थापना गरि अपाँगता हक अधिकारका लागि कार्यरत संस्था नेपाल अपाँग सँघ खगेन्द्र नवजीवन केन्द्रको ३० औं केन्द्रीय साधारणसभा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले गमलामा पानी हालेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राणाले अपाँगता भएका व्यक्तिहरुका लागि लामो समय देखि संस्थाले कार्य गरेको भन्दै प्रशंशा गरे । उनले उपमहानगरपालिकाको तर्फबाट बाँके शाखाको भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनलाई संघका केन्द्रीय अध्यक्ष मोहन महर्जनले आजिवन सदस्यताको प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

केन्द्रीय अध्यक्ष मोहन महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बाँके शाखाका सभापती भोलासिंह हमालले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुलाई फुलमाला लगाएर बाँके शाखाका सदस्यहरुले स्वागत गरेका थिए । कार्यक्रममा संघको काठमाण्डौं शाखा अध्यक्ष शिबहरि पौडेल, गैर सरकारी संस्था महासँघ बाँकेकी कार्यबाहक अध्यक्ष सपना भट्राई, नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १ का वडा संयोजक प्रमोद रिजाल, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाह, महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख शोभा शाह, पूनराबेदन बार एसोसिएसनका अध्यक्ष बल बहादुर चन्द, बासका अध्यक्ष मन भण्डारी, केन्द्रीय उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, महासचिव यज्ञ प्रसाद उप्रेती लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गायक महेन्द्र सेढाईले गित प्रस्तुत गरेको कार्यक्रममा अपाँगता भएकि व्यक्ति अमृता चौधरीले नृत्य प्रस्तुत गरेकि थिईन् । सम्पूर्ण शाखाका अध्यक्ष, अतिथीहरुलाई सँघको बाँके अध्यक्ष भोलासिंह हमालले मायाको चिनो प्रदान गरेका थिए । बाँके शाखा सचिव नमस्कार शाहले सचालन गरेको कार्यक्रममा २०० बढिको सहभागिता रहेको थियो ।

सँघको आजै बन्दशत्र सम्पन्न भएको छ । बन्दशत्रले महासचिव यज्ञ प्रसाद उप्रेतीले पेश गरेको प्रतिबेदन र उपकोषाध्यक्ष शिब प्रसाद दाहालले पेश गरेको आर्थिक प्रतिबेदन तथा आगामी कार्यक्रम तथा बजेट पारित गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad