चोरीको आरोपमा बालिकामाथि कालोमोेसो र जुत्ताको माला

बेलबारी । मोरङको बेलबारी २ देबीथानडाँडामा एक दलित बालिकामाथि चोरीको आरोपमा कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर यातना दिईएको छ ।
बिहिबार दिँउसो स्थानीय १४ बर्षीया परियार थरकी बालिकालाई चोरीको आरोप लगाउँदै कालोमोसो दलेर जुत्ताको माला सहित सिस्नुपानी लगाएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले भेटी उद्धार गरेको छ ।
कुटपिटबाट बालिका घाईते भएकी छिन । उनको स्थानीय मेडिकलमा उपचार गराईएको छ । आर्थिक अबस्था कमजोर भएकी ती बालिकाका बुबा भारतमा मजदुरी गर्छन । उनकी आमा संगिता परियारले घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रहरी कहाँ पुगेकी छिन ।
पिडित बालिकाले आफुले पैैसा नचोरेको र आफुले लिनुपर्ने पैसा लिँदा आफुलाई कुटपिट गरी कालोमोसो दलेको गुनासो गरिन । स्थानीय कबिर माविमा कक्षा ६ मा अध्यायनरत ती बालिका कुटपिटका कारण बोल्न समेत नसक्ने अबस्थामा पुगेकी छिन ।
घटनामा संलग्न दुईजना पक्राउ
सोही घटनामा संलग्न भएका स्थानीय ४५ बर्षीय दुर्गा चौधरी र ५० बर्षीय कुलदिप कुँवर दनुवार पक्राउ परेका छन । उनीहरुलाई सार्बजनिक अपराध ऐन अन्र्तगत कारबाही गरिने ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन । – नरेेन्द्र बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *