Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, मुख्य खबरको को छन् मोरङ ३ बाट उम्मेद्वार बन्नेवाला ?

को को छन् मोरङ ३ बाट उम्मेद्वार बन्नेवाला ?

October 6, 2017३५४ पटक

नेकपा एमाले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश (ख)को प्रत्यक्षमा बासु थापा, भुपाल बस्नेत,राजकुमार बस्नेत,राजकुमार ओझा,डि पी राई,मातृका प्रसाद ढकाल,रोशन नाथ उप्रेतीको नाम सिफारिस भएको छ । यसैगरी समानुपातिक तर्फ अन्जना अधिकारी,सन्तोष बान्तवा,टिका चापागाई,सिता तामाङ,ईरान राई,केसरादेबी आचार्य,बालिका पौडेल,सान्ता राई,तिल कुमारी न्यौपाने(गौतम),नरेन्द्र बराल,शिब काफ्ले ,शिब प्रसाद बराल,उषा राई,बिष्णु न्यौपाने भट्टराई
र बबिता खापुङको नाम सिफारिस भएको छ ।
तरपनि सुन्दरहरैचाका राजकुमार ओझा र बेलबारीका दिलप्रसाद राई (डिपी) को बिशेष चर्चा  छ । गत स्थानीय निर्बाचनमा सुन्दरहैचाको मेयरमा समेत चर्चा भएका ओझा प्रदेशको उम्मेदवारको बलिया प्रतिष्पर्धी हुन ।
केन्द्रका लागी भने एमालेले ८ जनाको नाम यस क्षेत्रबाट सिफारिस गरिसकेको छ । सिफारिसमा पर्नेमा दोस्रो संबिधान सभा निर्बाचनमा पराजित गुरु बराल देखि हालका सांसद चण्डी प्रसाद राई,चन्द्र गुरुङ,मधु गुरुङ,भानुभत्त ढकाल,कृष्णकुमारी राई लगायत रहेका छन ।

नेपाली काँग्रेसका तर्फबाट  प्रतिनिधि सभाको लागि महासमिति सदस्य सुन्दरहरैचाका ललित बहादुर श्रेष्ठ , बेलबारीका सुनिल शर्मा र सुन्दरहरैचाका गोपाल बहादुर थापाको चर्चा  छ ।  थापा नेपाली काँग्रेसका जिल्ला समितिका कोषाध्यक्ष हुन भने शर्मा महासमिति सदस्य हुन ।

समानुपातिक तर्फ महेन्द्र सुवेदी,रामहरि कोईराला र मणिसुन्दर थापा र राजकुमार लिम्बुको नाम सिफारिस भएको छ ।

माओबादी केन्द्रबाट  पहिलो संबिधानसभा निर्बाचनमा यस क्षेत्रबाट निर्बाचित साबित्री कुमार काफले  उम्मेदवारका रुपमा देखिएका छन भने प्रदेशका लागी भने बेलबारीका पर्शुराम सुवेदीको चर्चा  छ ।
क्षेत्र नम्बर ३ मा अहिले पथरीशनिश्चरे नगरपालिकाका केही वार्ड,कानेपोखरी गाँउपालिका,बेलबारी नगरपालिका र सुन्दरहैचा नगरपालिकाका केही वडाहरु रहेका छन । स्थानीय निर्बाचनमा यस क्षेत्रमा एमालेको बर्चस्व थियो ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad