नेपाल आईडलको टोलि युएई आईपुग्यो

रामकुमार परियार
युएई – नेपाल आईडल लाईभ कन्सर्टमा सहभागी हुन नेपाल आईडल बुद्ध लामा , फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास सहितको टोलि युएई आईपुगेको छ ।

भग ईन्टरटेन्मेन्ट संगको सहकार्यमा एभरेस्ट मिडियाले यहि शुक्रबार र शनिबार युएईमा आयोजना गर्न लागेको भव्य लाईभ कन्सर्टमा सहभागी हुन पहिलो नेपाल आईडलको टोलि युएई आईपुगेको हो ।

बुधबार राती एयर अरेबिया मार्फत सारजाह विमानस्थलमा अवतरण गरेको टोलिमा उत्कृष्ट ३ का अलावा अफ्सर अलि , कार्यक्रम संचालक सुसिल नेपाल , सुदिप पोख्रेल र गायिका तृष्णा गुरुङ समेत समावेश छन । उत्कृष्ट ५ भित्रकी लोकप्रिय प्रतिस्पर्धी प्रमिला राई भने आज (बिहिवार) राती मात्रै आउने आयोजकले जानकारी दिएको छ ।

मध्यरातमा सारजाह विमानस्थल ओर्लिएको नेपाल आईडलको टोलिलाई एभरेस्ट मिडिया र भग ईन्टरटेन्मेन्टका प्रतिनिधिहरु ,  आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पा , एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ , युवा संयोजक नबिन पौडेल , नेपाली समाजका उपाध्यक्ष प्रवीणकाजी श्रेष्ठ , एभरेष्ट स्पोर्ट्सका रवि शाही लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

करिब ५ हजार नेपालीले नेपाल आईडलको समूहसंग नाचेर , झुमेर मनोरञ्जन लिने आयोजक एभरेष्ट मिडियाका प्रनव ओलिले बताए । भोलि शुक्रबार अबुधाबीको नेशनल थिएटरमा हुने भनिएको कार्यक्रम दर्शक नअट्ने भएपछि कन्ट्री क्लब स्टेडियममा सारिएको उनलेे जानकारी दिए ।

यो टोलिले अबुधाबीको कार्यक्रम सकेर शनिबार पुनः दुबईमा कार्यक्रम गर्ने छ । शनिबार दुबईको रोयल अस्कोटमा रहेको स्पृ द क्लबमा नेपाल आईडल लाईभ कार्यक्रम हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *