Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, हाइलाइटमोरङ १ मा कांग्रेसबाट ३६ जनाको नाम सिफारिस

मोरङ १ मा कांग्रेसबाट ३६ जनाको नाम सिफारिस

October 3, 2017३८६ पटक

उर्लाबारी /आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट ३६ जनाको नाम सिफारिस भएको छ । पार्टीको जिल्ला कार्य समितिले उम्मेदवारको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्रले नगरपालिका तथा गाउँपालिकाबाट आएको सिफारिसअनुसार उम्मेद्वारको नाम सिफारिस गरेको हो ।

क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ जिल्ला सभापति तथा सांसद् डिगबहादुर लिम्बू, सेमन्तराज दाहाल, गोपाल बस्नेत, गोमा नेपाल, दिपबहादुर भण्डारीको नाम सिफारिस गरिएको क्षेत्र नं. १ का सभापति खड्ग फागोले जानकारी दिनुभयो । त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ दीलिप सापकोटा, भीमलाल गहतराज, नन्दप्रसाद खतिवडा, लक्ष्मण ढकाल, सीता तामाङ, प्रकाश खड्गी, परशुराम थापामगर, राधादेवी बोहोरा, टंक बहादुर राईको नाम सिफारिस गरिएको छ ।

 

क्षेत्र नं १ (क) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ ६, समानुपातिकतर्फ ७, क्षेत्र नं १ (ख) को प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं १ (क) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ ललित अधिकारी, शोभा चेम्जोङ पालुङ्वा, विजय कुमार कार्की, मुक्ति प्रकाश न्यौपाने, भानुभक्त लुइँटेल, शेरबहादुर बस्नेतको नाम सिफारिस भएको छ भने सोही क्षेत्रको समानुपातिकतर्फ प्रकाशचन्द्र थापा, दीपेन्द्र धिमाल, जयगोपाल साह, इन्दु भट्टराई कार्की, भीम थापा, पशुपति घिमिरे, उमादेवी लुइँटेलको नाम सिफारिस भएको छ ।

त्यस्तै, क्षेत्र नं १ (ख) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ इश्वरीप्रसाद कोइराला, विर्षबहादुर थापा, भीम पौडेल, शिवबहादुर थापा, मनुषा घिमिरेको र समानुपातिकतर्फ इन्द्रबहादुर लिम्बू, दिव्य बस्नेत, पर्वत राई, गीता काभ्रीको नाम सिफारिस भएको छ ।

दुई नगरपालिका उर्लाबारी र लेटाङ र दुई गाउँपालिका मिक्लाजुङ र केराबारी समावेश गरी क्षेत्र नं. १ निर्धारण गरिएको हो । प्रदेश क्षेत्र नं. १ (क) मा उर्लाबारी र मिक्लाजुङ गाउँपालिकाको वडा  नं. २, ३, ६, ७, ८ र ९ पर्दछ । यस्तै, प्रदेश क्षेत्र नं. (ख) मा लेटाङ नगरपालिका, केराबारी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको वडा नं. १, ४ र ५ पर्दछ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad