Samyentra Dot Com

गृहपृष्ठ » खेलकुदरत्न यूथ क्लब वीरेन्द्रनगर कप क्रिकेटको सेमिफाईनलमा

रत्न यूथ क्लब वीरेन्द्रनगर कप क्रिकेटको सेमिफाईनलमा

October 1, 2017२७ पटक

करण धिताल, पथरी 
राष्ट्रिय टोलीबाट खेलिसकेका सिद्धान्त लोहनीको विराटनगर डाएनमिक किसंलाई पराजित गर्दै पथरीशनिश्चरेको रत्न यूथ क्लब पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा रत्नले किसंमाथि ६ विकेटको सहज जीत हात पार्यो । विराटनगर डाएनमिक च्यालेञ्जर्सले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको रत्नले १५ दशमलब ३ ओभरमा मात्र ४ विकेट गुमाउँदै जीत हात पार्यो ।
रत्नको जीतमा अमृत सिंहले अविजित ३९ र रवि रोएले २० रन बनाए । डाएनमिक किसंका सिद्धान्त लोहनी, विरवल सिंह र श्रवण यादबले समान १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको डाएनमिक किसंले १८ दशमलब १ ओभरमा अल आउट हुँदै मात्र ८९ रनको योफल तयार पारेको थियो । विराटनगरका लागि अमृत शाहले २५, विवेक झाले २३ र सिद्धान्त लोहनीले १२ रन बनाए ।
किसंलाई सस्तैमा समेट्न रत्न युथ क्लबका प्रवेश कामती र निरितिया खडोलियाले समान ३÷३ विकेट लिए । खेलको म्यान अफ द म्याच रत्न युथ क्लबका रत्न युथ क्लबका अमृत सिंह घोषित भए ।
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad