Samyentra Dot Com

गृहपृष्ठ » प्रवास, मुख्य खबरयुएईमा २२ नेपालीको विचल्ली , उद्दारमा जुट्यो एनआरएनए

युएईमा २२ नेपालीको विचल्ली , उद्दारमा जुट्यो एनआरएनए

October 1, 2017५३१ पटक

रामकुमार परियार

दलाल मार्फत भिजिट भिजामा आएका २२ नेपालीको युएईको अजमानमा विचल्ली भएको छ ।

दलालहरुले आकर्षक रोजगारीको प्रलोभनमा पारि दुई महिना अघि ती नेपालीहरुलाई युएई ल्याएका थिए ।

हेटौंडाका दिनेश मोक्तान , ईमानसिंह सेनतेन र काठमाडौमा पाण्डुरा मेनपावर एजेन्सी चलाएर बस्ने केशव थापाले उनिहरुलाई भिजिट भिजामा युएई ल्याएका हुन ।

राम्रो काम र तलब हुने आश्वासन देखाई आफुहरुलाई युएई ल्याएर विचल्ली बनाएको पीडित नेपालीहरुले बताए । उनीहरुले आफुहरुलाई विचल्लि बनाउनेहरुको विरुद्ध शुक्रबार  नेपाली दूतावास युएईमा निवेदन समेत दिएका छन् ।

विचल्लीमा परेका २२ नेपालीहरुको संयुक्त दस्तखत रहेको निवेदनमा काठमाडौको धुम्बाराहीस्थित पान्डोरा ईनकर्पोरेसन प्रालिका कार्यकारी निर्देशक केशव थापा , रमेस कुँवर र दिनेश लामाले रोजगारीको प्रलोभनमा पारी आफुहरुलाई युएई ल्याएर विचल्ली पारेको उल्लेख छ । उनिहरुले दलाल उपर आवश्यक कार्वाही प्रक्रिया अघि बढाई घर फिर्ताका लागि हवाई टिकट र दलाललाई बुझाएको रकम फिर्ता गाराईदिन आग्रह गरेका छन् ।

श्रावण महिनाको विभिन्न मितिमा ल्याईएका उनीहरुलाई एउटा साँघुरो कोठामा जबर्जस्ति कोचेर राखिएको थियो । ८ जना मात्रै बस्न मिल्ने कोठामा जबर्जस्ति २२ जना राखिएको र खाना समेत नदिएको गोर्खाका चन्द्रबहादुर गुरुङले बताए । गुरुङले केशव थापालाई २ लाख ७० हजार बुझाएको बताए । त्यस्तै मोरङका विष्णु कुमार खवासले २ लाख ५० हजार नगद सहित १६ सय डलर बुझाएको बताए । यसैगरी सबै नेपालीबाट  दलालले २ लाख देखि ५ लाखसम्म लिएको पीडितहरुले बताए ।

उद्दारमा जुट्यो एनआरएनए

नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले शुक्रबार दिउँसो अजमानमा नेपाली विचल्ली परेको खबर पाउनसाथ एनआरएनए सहित स्थानीय नेपाली संघसंस्थासंग समन्वय गरेका थिए ।

शेर्पा सहित नेपाली सोसल क्लबका अध्यक्ष शालिक सुवेदी , नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल , नेपाल प्रेस युनियन युएईका अध्यक्ष नारायण भुर्तेल सहितको टोलि शुक्रबार स्थलगत अध्यनका लागि गएको थियो ।

पीडितहरुको अवस्था बुझेर फर्किए लगत्तै उक्त टोलिले नेपाली दूतावासलाई जानकारी गराएको थियो । सोही दिन साँझ नेपाली दूतावासका श्रम सहचारि हिरा यादव र एनआरएनए युएईका केन्द्रिय सदस्य दिनेश पराजुलीले क्याम्प भ्रमण गरेका थिए । एनआरएनएले तत्काल पीडितहरुलाई ग्याँस , पानी , तेल , दाल , चामल लगायतको खाद्यान्न सहयोग गरेको थियो ।

दूतावासका श्रम सहचारी हिरा यादवले पीडित नेपालीहरुको यथाशीघ्र उद्दारका निम्ति पहल गर्ने बताएकी थिईन ।

क्याम्पबाट निकालिए पीडित

शुक्रबार दूतावासका प्रतिनिधि , एनआरएनए र पत्रकारहरु पुगेपछि केहि राहत महसुस गरेका पीडित नेपालीहरु शनिबार क्याम्पबाटै निकालिएका छ्न ।

दलालले २ महिना देखि क्याम्पको भाडा नतिरेकाले क्याम्प व्यवस्थापनले उनिहरुलाई शनिबार दिउँसो क्याम्पबाट निकालेको हो ।

क्याम्पबाट पीडितहरु निकालिएपछी एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ र दिनेश पराजुलीले उद्दार गरि दुबईको देरा स्थित अर्को लेबर क्याम्पमा लगेर राखेका छन् ।

शनिबार मध्यरातसम्म श्रेष्ठ र पराजुली पीडितहरुको उद्दारमा जुटेका थिए । पीडित नेपालीहरुलाई आज (आईतबार ) नेपाली दूतावासमा पठाउने श्रेष्ठले बताए । विभिन्न प्रलोभनमा पारी नेपालीहरु विदेश ल्याएर विचल्ली बनाउने दलालहरुलाई कानुनी कार्वाहीका लागि पहल गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad