प्रचारको रेसमा चलचित्र रेसको टोली

लोकनाथ रिजाल, दमक : दशैको मौका छोपेर नेपाली चलचित्र रेसको टोलि प्रचारका लागि पुर्वाञ्चका बिभिन्न शहरुहरुमा रेसमा निस्किएको छ । टोली प्रचारका लागि विहिबार झापा आईपुगेको छ । राजधानी पछि चलचित्रको प्रचारका लागी टोली यतिबेला पुर्वका बिभिन्न शहर बिराटनगर, इटहरी हुँदै दमक आईपुगेको हो ।


मंसिर १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारका लागि दमक बिर्तामोड हुँदै इलाम पुग्ने निर्देशक किशोर सुब्बाले बताए । चलचित्र रेसमा नायिका निता ढुङ्गाना ,भर्खरै फिल्ममा डेब्यु गरेका जियान रेग्मी, पुष्पा लिम्बू ,सुलेमान शंकर इकु किरण केसि राता मकै लगायतका कलाकारहरुले अभिनय गरेका छन् । बिशाल थेवे ,हेमन्त गौतम, चन्द्र लिम्बू ,सञ्जिव कुमार लिङदेन् ,राज सेम्बू ,पासाङ ह्याल्मो लगायतको संयुतm लगानीमा चलचित्र बनेको हो ।

माता पाथीभरा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ७० लाखको लागतमा बनेको निर्मात बिशाल थेबेले बताए । यसअघि खुर्पा, किन माया लाएछु ,जस्ता चलचित्र निर्माण गरेका थेवेका अनुसार चलचित्र रेसमा जिन्दगीका दौरानमा लाउनु पर्ने संघर्षको रेसहरु लाई देखाउन खोजिएको छ । कमेडि, एक्सनका साथै पुष्पा लिम्बु, निता ढुंगाना र जियान रेग्मी बिचको त्रिकोणात्मक प्रेम कथा समेत भएकोले अन्य चलचित्र भन्दा चलचित्र रेस फरक रहेको निर्देशक सुब्बाले बताए । निर्देशक किशोर सुब्बाको कथा तथा मौनता श्रेष्ठको पटकथा रहेको चलचित्रको छायांकन कुमार बखतीले गरेका हुन् ।

 

चलचित्रको छायांकन पूर्वका ईलाम, झापा, मोरङ्ग, सुनसरी सहित दुबईमा समेत गरीएको निर्माता थेवेले बताए । गोबिन्द राईको नृत्य रहेको चलचित्रका गीतहरु पनि उत्तिकै राम्रो रहेको निर्देशक सुब्बाले बताए । चलचित्रमा उदित्तनारायण झा ,अञ्जु पन्त लगायतका कलाकारको गायन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *