Samyentra Dot Com

गृहपृष्ठ » मुलुकहिन्दु धर्मको पक्षमा वकालत गर्दै अनि सुकुम्बासी फकाउंदै पुर्व गृह राज्यमन्त्री

हिन्दु धर्मको पक्षमा वकालत गर्दै अनि सुकुम्बासी फकाउंदै पुर्व गृह राज्यमन्त्री

September 27, 2017३६६ पटक

नवलपरासी । नेपाली कांग्रेसका नेता एवंम् पूर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले धार्मिक संहिशुढता नेपालीको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

नवलपरासीको पाल्ही नन्दन गाउंपालिकामा निर्मित दशैमर्तिको एक समारोह बिच अनावरण गर्दै नेता कण्डेलले यस्तो बिचार ब्यक्त गर्नुभएको हो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले सो अवसरमा बिश्वमा एक मात्र हिन्दु राष्ट्र नेपालको धार्मिक संहिसुढताको जगेर्ना गर्नु आजको आवश्यका रहेको जिकिर गर्नुभयो । हरेक जाती र वर्ण को बसोबास रहेको नेपालमा आम नेपालीको भावना अनुरुप हिन्दु धर्मको संरक्षण र प्रबद्र्धनमा हामी सबै लाग्नुपर्ने आवश्यक रहेको कण्डेलले बताउनुभयो ।

त्यसैगरी  कण्डेलले नवलपरासीको अमरौटका सुकुम्बासीहरुलाई समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नवलपरासीको अमरौटमा सुकुम्बासीहरुसंग छफलफलमा नेता कण्डेलले अमरौटका सुकुम्बासीहरुलाई जग्गा धनि पुर्जा दिलाउने सवालमा आफु र आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले सुकुम्बासीहरु संग छलफल गर्दै बर्षोदेखी जोतभोग गर्दै आएका सुकुम्बासीहरुलाई तत्काल जग्गा धनी पुर्जा उपलब्ध गराउने सवालमा आफु प्रतिबद्ध रहेको जिकिर गर्नुभयो । सो अवसरमा बोल्दै नेताक कण्डेलले सुकुम्बासीहरुको समस्या आफु र आफ्नो पार्टीको भएकाले यसको समग्र व्यस्थापनकालागी आफु र आफ्नो पार्टी तत्काल जग्गा धनी पुर्जा दिलाउने काममा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नवलपरासीको रामग्राम नगरपालिका वडा न. १४ अमरौटमा करिब एक सय घरधुरी सुकुम्बासी रहेका छन् । करिब १५ बर्ष अघि देखी जोतभोग गर्दै आएको सुकुम्बासीहले हालसम्म पनि आफ्नो जग्गाको जग्गाधनी पुर्जा पाउन सकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad