Samyentra Dot Com

गृहपृष्ठ » खेलकुदपुर्वान्चल स्तरिय क्रिकेट प्रतियोगिताको तयारी

पुर्वान्चल स्तरिय क्रिकेट प्रतियोगिताको तयारी

September 27, 2017८४ पटक

पथरी / मोरङको पथरीशनिश्चरे स्थित आइतबारेमा आगामी असोज १९ गतेबाट पूर्वाञ्चल स्तरीय सातौ विरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।

मंगलबार आयोजक विरेन्द्रनगर क्रिकेट क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजेश कुईकेलले क्लबले विगतमा गर्दै आएको प्रतियोगितालाई यस बर्ष अझ ब्यवस्थित गरि संचालन गर्न लागिएको बताए ।

स्थानिय खेलाडीलाई अवसर प्रदान गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताउँदै कुईकेलले प्रतियोगितामा केहि राष्ट्रिय स्तरका खेलाडिको समेत सहभागिता रहने बताए ।

असोज ३१ गते सम्म संचालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सेभेन स्टार क्लब इटहरी सहित पूर्वाञ्चलका २० टीमको सहभागिता रहने प्रतियोगिता संयोजक हेमन्त ओझाले बताए ।

कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्नका लागि ४ लाख ५० हजारको आयव्यय विवरण समेत सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको विजेता टीमले नगद ५१ हजार सँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टीमले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ बराबरको मोबाईल प्रदान गरिने र उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।

सातौ विरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता संचालन

Show quoted text

नेशनल भिजन मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित @ न्युज अभियान डट कम ( www.newsabhiyan.com )
कार्यलय:– शान्तिनगर, काठमाण्डौ । कर्पोरेट अफिस :- अनामनगर कठमाण्डौ, इमेल:– newsabhiyan.com@gmail.com

Face Book Page: https://www.facebook.com/newsabhiyan

Twitter: @newsabhiyan

Youtube : https://www.youtube.com/c/NAOnlineTelevisionGroup

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad