बिहेमा ३.२ किलोमिटर लामो साडी लगाएकि बेहुलीलाई जेल सजाय हुन सक्ने !(भिडियोसहित)

एजेन्सी/श्रीलंकाको केन्डीमा हालै भएको विवाह समारोहमा एक बेहुलीले ३.२ किलोमिटर लामो साडी लगाएर विवाह गरेको घटना प्रकाशमा आएसँगै कारवाहीका लागि सरोकारवालाहरुले आवाज उठाउन थालेका छन् ।

यतिलामो साडी लगाउनु ‘अपराध’ नभए पनिसाडी सम्हाल्नका लागि दुई सय ५० सयभन्दा बढी छात्रा प्रयोग भएको घटनाप्रति भने आपत्ति जनाइएको छ ।

त्यहाँका मुख्यमन्त्रीसमेत सहभागी भएको बताइएको सो विवाह समारोहका क्रममा बेहुला र बेहुली सडकमा पैदलै हिँडेका थिए । विवाहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विरोध सुरु भएको हो ।

यसरी छात्राहरुलाई कुनै नीजि समारोहमा घण्टौं तैनाथ गर्नु अपराधको श्रेणीमा पर्ने अधिकारकर्मीहरुको तर्क छ । घटनाको बारेमा छानविन सुरु गरिएको श्रीलंकाको राष्ट्रिय बाल संरक्षण प्राधिकरणले जनाएको छ । यदि अपराध प्रमाणित भएको खण्डमा बेहुलीलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।

(भिडियो हेर्नुहोस )

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *