एनआरएनए मध्य पुर्व उपसंयोजकमा गोपाल कँडेलले उम्मेदवारी दिने

रामकुमार परियार
युएई – गैह्र आवसिय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा आईसिसी मध्य पुर्व उपसंयोजकमा युएईबाट गोपाल कँडेलले उम्मेदवारी दिने भएका छन् ।

एकदशक देखि युएईका सामाजिक गतिविधिहरुमा अग्रणी भुमिका खेल्दै आएका कँडेलले सन २०१७ – ०१९ को कार्याकालका निम्ति मध्य पुर्व उपसंयोजकमा उम्मेदवारी दिने बताए ।

युएईको नेपाली समुदाय बिच सुपरिचित कँडेल सन २००४ मा सामान्य कामदारका रूपमा युएई  प्रवेश गरेका थिए । २००९ देखि पुर्ण रूपमा समाजसेवामा लागेका कँडेलले २०११ – २०१३ को कार्याकालमा एनसीसी सचीव , २०१३ – २०१५ मा महासचिव हुँदै २०१५ – २०१७ मा एनसीसी अध्यक्षको प्रत्यासी बन्दै आईसीसी सदस्यको जिम्मेवारी सम्हालि सकेका छन् ।

कँडेल सन २०१० मा स्थापना भएको बाग्लुङ सेवा समाज युएईको संस्थापक अध्यक्ष समेत हुन । शुरूवात देखि नै उनि नेपाली श्रमिकहरुको हक , हित र सहयोगका लागि क्रियाशिल छन् ।

स्वदेशमा विद्यार्थी राजनीति हुँदै अध्यापन , समाजसेवा र मिडिया क्षेत्रमा आवद्ध रहेका कँडेल युएईमा हुने हरेक सामाजिक गतिविधिहरुमा सक्रिय छन् ।

आफू मध्यपुर्व उपसंयोजकमा विजयी भए डेढ दशकको प्रवास बसाइँ र एनआरएनए अभियानबाट आर्जन गरेको शिकाईलाई प्रयोग गरि प्रवासी नेपाली श्रमिकको हितमा अझ धेरै काम गर्ने उनले बताए ।

आगामी बिहीबार दुबईमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने उनलेे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *