Samyentra Dot Com

गृहपृष्ठ » मुलुकमोरङ २ को प्रदेश सभा निर्वाचनमा थापाको उम्मेदवारी घोषणा

मोरङ २ को प्रदेश सभा निर्वाचनमा थापाको उम्मेदवारी घोषणा

September 24, 2017९६८ पटक

रामकुमार परियार
मोरङ – नेपाली काङ्ग्रेस मोरङका सक्रिय युवा नेता रंजन थापाले मंसिर २१ गते हुने प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली काङ्ग्रेस मोरङ्ले शनिबार अमरदहमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा परिचायत्मक कार्यक्रममा थापाले मोरङ क्षेत्र नं २ (ख) बाट चुनाव लड्ने घोषणा गरेका हुन ।

नेविसंघको जिल्ला सचीव हुँदै पार्टीको मुल राजनीतिमा प्रवेश गरेका थापा २०४८ सालमा नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं २ को क्षेत्रीय सदस्य , महाधिवेशन प्रतिनिधि हुँदै निरन्तर रूपमा काङ्ग्रेसको राजनीतिमा क्रियाशिल छन् । उनी हकि खेलको अन्तर्राष्ट्रिय खेलाडी समेत हुन । हाल राष्ट्रिय खेलकुद कर्मचारी संघको केन्द्रिय अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । यो उनको दोस्रो कार्याकाल हो ।स्थानीय स्तरमा हुने विकास निर्माण र सामाजिक गतिविधिहरुमा सक्रिय थापाले कार्यकर्ता माझ ईमान्दार नेताको छवि बनाएका छन् । आफ्नो योगदान र लगनशीलतालाई मुल्यांकन गर्दै पार्टीले आफुलाई उम्मेदवारको टिकट दिनुपर्ने उनी बताउँछन् ।

आफ्नो पार्टीको कार्यकर्ता माझ मात्रै नभएर अन्य पार्टीका कार्यकर्ता माझ समेत राम्ररी भिजेका थापा आफुलाई पार्टीले टिकट दिए बहुमत ल्याएर जित्ने दावी गर्छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad