Samyentra Dot Com

गृहपृष्ठ » मुलुकप्रतिनिधि सभाको चुनावमा शसक्त उमेद्वारका आकांक्षी यी हुन् गोपाल थापा

प्रतिनिधि सभाको चुनावमा शसक्त उमेद्वारका आकांक्षी यी हुन् गोपाल थापा

September 24, 2017१८९९ पटक

स्थानीय तहको चुनाव सकिएको केहि दिन नबत्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तालिका सार्वजनिक भएपछि मोरङ जिल्लामा चुनावी चहल पहल बद्न थालेको छ । नेपालीहरुको दुई ठुला चाड दशै तिहारको रमझमले भन्दा राजनैनिक पर्वले नेपालीको मन जितेको छ ।
मोरङ जिल्लाका आकांक्षी नेताहरु आफ्ना नेता तथा कार्य कर्ताहरुसंगको भेटभाटलाई तिव्रता दिन थालेका छन् । मोरङ जिल्लाको क्षेत्र नं. ३ मा पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि उमेद्वारहरुको आकांक्षीहरु बढ्न थालेका छन् । प्रतिनिधि सभाका लागि कोशी हरंैचाका कांग्रेसका यूवा नेता गोपाल थापाले उमेद्वारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको तर्फबाट टिकट दिएको खण्डमा उमेद्वारी दिने थापाको  भनाइ छ  ।  विद्यार्थी राजनितिबाट पार्टीको राजनितिमा आएका थापा स्कुलको राजनितिमा साजिलाल मा.वि. बाट नेवि संघबाट राजनिति सुरु गर्नु भएको थियो । वहांले  महेन्द्र मोरङ कलेज विराटनगरबाट विए सम्मको अध्ययन गरिसक्नु भएको छ ।
बिस २०४६ साल पश्चात तत्कालिन इन्द्रपुरको वडा अध्यक्ष र २०५१ को स्थानिय चुनावमा गा.वि.स. अध्यक्षमा झिनो मतले चन्द्र गुरुङसंग पराजित हुनुभएको थियो । कांग्रेसको राजनितिमा वडा सभापति, बुथ सभापति, पार्टीको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुदै नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट मोरङको जिल्ला कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि रहेर काम गरिहनु भएको छ । उनी राजनिती बाहेक पनि एक दर्जन भन्दा बढि सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । स्थानिय स्तरमा  विकास निर्माणमा सक्रिय भई आफ्ना क्षेत्रका दिन दुःखीको सेवामा खट्ने र सधै साधा जीवन बिताई जनताको सर्मपित नेताको रुपमा परिचित छन् थापा ।
टिकट पाएको खण्डमा प्रतिनिधि सभाको सांसद जित्ने उनको बिश्वास छ  ।
कांग्रेसको आस्थामा क्रियाशिल भएता पनि पार्टी  र जाति भन्दा माथि उठेर जनताको काममा सधै सहभागी जनाउने गरेका छन् । आफ्नो ठाउको लागि केहि गरुम भन्ने भित्री मन देखी केही सपना साकर पार्न आफ्नो उमेद्वारी रहेको थापा बताउछन् । उनले पार्टीका कार्यकर्ताहरुलाई कुनै पनि गुटउपगुट भन्दा माथि रहेर कांग्रेसको रुख र चार तारे झण्डामा रहन सुझाव दिने गरेका छन् । उ।कार्यकर्ताहरुलाई केही दलाल माफियाहरुको लहिलैमा नलाग्न आग्रह गर्छन् ।
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad