सर्वसाधारणले संघीयताको महसुस गर्न पाएनन् – मन्त्री बस्नेत

  ईश्वर थापा ,धनकुटा
सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा कर्मचारी अभाव भएका कारण ग्रामीण क्षेत्रका सर्वसाधारणले संघीयताको महसुस गर्न नपाएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले करिब दुई सय गाउँ र नगरमा कार्यकारी अधिकृतको र करिब हजार वडामा कर्मचारी नपुगेको भन्दै स्थानीय तहका लागि कम्तिमा १६ हजार कर्मचारी आवश्यक पर्नेमा नौ हजार मात्र खटिएको बताए ।
कर्मचारी अभावकै कारण स्थानीय तहबाट पाउने सेवा सुबिधा नपाउँदा ग्रामिण क्षेत्रका जनताले सरकारले सोचे जस्तो गाउँगाउँमा सिंहदरवारको महशूस गर्न नपाएको उनको भनाइ थियो ।
बजेट र कर्मचारी व्यवस्थापन नभएको भन्ने गुनासा बढीरहेको ठाउँमा सामान्य प्रशासन मन्त्रालयले कसरी मिलाउने प्रयत्न गर्दै छ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री बस्नेतले एउटा सिंहदरबार ७ सय ५३ तहमा बदलिएकोले अप्ठ्याराहरु रहेको र पुरानो अवस्थाबाट नयाँ अवस्थामा जाँदा अप्ठ्याराहरु आएकाले संघीयता कार्यान्वयनका लागि नेपाल सरकार तथा स्थानीय तह सबै एक ढिक्का भएर लाग्नुपर्ने भन्दै निर्वाचन आचारसंहिता लागिसकेकाले पुरक बजेट अहिले नै आउने सम्भावना नभएकाले आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरेर सबै कुराको व्यवस्थापन हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *