भब्य रुपमा मनाइयो प्रेस काउन्सिलको ४८ औं वार्षिकोत्सव

प्रेस काउन्सिलको बार्षिकोत्सब समारोहको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा ३९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुभएको छ ।

प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र सोही वरावर राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमशः रुपन्देहीका पत्रकार बालकृष्ण चापागाईं र नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झा पुरस्कृत हुनुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रेस काउन्सिल नेपालमा बीस बर्ष सेवाअवधि पूरा गरेका पाँच जना कर्मचारीलाई जनही एक तोला सुनको तक्मा र प्रमाणपत्रका साथै प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कारबाट बरिष्ठ कम्प्यूटर अपरेटर गीता पराजुली र अभिलेख सहायक गोकुल बस्नेतलाई पुरस्कृत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यमको भूमिका सराहनीय भएको उल्लेख गर्दै सवैखाले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकेमात्र गणतन्त्र संस्थागत हुने विश्वास व्यक्त गर्नुभयो । प्रेस स्वतन्त्रतालाई स्वच्छन्दताकोरुपमा प्रयोग गर्दा अराजकता बढ्ने, मिडियाको संख्यात्मक बृद्धिभन्दा गुणात्मक विकासमा जोड दिनुपर्ने, एकपटक गुमेको विश्वसनीयता प्राप्त गर्न कठिन हुने धारणा राख्नुहुँदै राष्ट्रपति भण्डारीले न्याय, लोककल्याण र दीगो विकासमा जोड दिन सञ्चारकर्मीलाई आग्रह गर्नुको साथै प्रेस काउन्सिलको अवधारणा, स्थापना र विकासमा योगदान पु¥याउनुहुने सवैप्रति कृतज्ञता प्रकट गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलबाट देशभरका पत्रपत्रिकाको वर्गीकरण गर्नुपर्ने कारणले पत्रकार आचारसंहिताको प्रभावकारी अनुगमनमा उल्लेखनीय उपलब्धि हासिल नभएको स्वीकार्दै पूर्व राष्ट्रपति, पूर्व प्रहरी प्रमुख, पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङमाथि मिडियाले अनावश्यक हमला गरेको, पत्रकारितामा परीक्षाप्रणाली नहुँदा साँढे प्रवृत्ति हावी भएको, हतारोको पत्रकारिताले विश्वसनीयता गुमेको भन्दै पत्रकारिता गर्दा केही कमजोरी हुने भन्दै काउन्सिलको बार्षिक प्रतिवेदन अध्ययन गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस खारेज हुन नसक्ने स्पष्ट व्यवस्था हुँदाहुँद राज्यबाट प्रेसमाथि अंकुश लगाउनेगरी स्थानीय तहलाई प्रेस खारेज गर्न सक्ने अधिकारसहितको कार्यविधि आएकोप्रति ध्यानाकर्षण गर्दै प्रेसको बिषयमा प्रेस काउन्सिल र अदालतबाट मात्रै न्याय निरुपन हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन काउन्सिल सदस्य संगीता खड्काले गर्नुभएको थियो । रिपोर्ट – महेन्द्रराज सिंह, २०७४ असोज ६ गते शुक्रबार ।

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार
१. बालकृष्ण चापागाईं, रुपन्देही
पत्रकार बालकृष्ण चापागाईंको जन्म वि.सं. २०१८ साल मंसिर ८ गते बागलुङको भीरकोटमा भएको हो । रुपन्देहीको बुटवललाई कार्यक्षेत्र बनाई ३ दशकदेखि पत्रकारितामा निरन्तर कलम चलाउदै आएका चापागाईंले पत्रकारितामा स्नातकोत्तर र कानुनमा एलएलबीसम्मको अध्ययन पूरा गर्नुभएको छ । पत्रकारितामा लुम्बिनी, आमसञ्चार र नेपाली भाषा कृति प्रकाशन गर्नुभएका चापागाईं जनसंघर्ष साप्ताहिक, मलमला एफएम, स्वाधीन मासिकमा आवद्ध हुनुहुन्छ । कान्तिपुर दैनिकमा लामो समय रिपोर्टिङ गरेका चापागाईंले आफ्नै सम्पादकत्वमा २०४७ सालदेखि जनसंघर्ष दैनिकको प्रकाशन गर्दै आउनुभएको छ । चीन, भारत, कोरिया, थाइलैण्ड, बंगलादेश लगायतका देशको भ्रमण गरी थुप्रै अनुभव बटुल्नुभएका चापागाईं नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल रुपन्देही शाखाको संस्थापक अध्यक्ष र राससका कार्यकारी अध्यक्षसमेत रही काम गरेको अनुभव छ ।
प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार
२. धर्मेन्द्र झा, काठमाडौं
पत्रकार तथा स्वतन्त्र लेखक धर्मेन्द्र झाको जन्म सन् १९६७ मार्च १७ तारेखमा सिरहाको गोविन्दपुरमा भएको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनुभएका उहाँ हाल फ्रिडम फोरमको महासचिव हुनुहुन्छ । चहलपहल भित्ते पत्रिकामार्फत २०४४ सालमा पत्रकारिताको सुरुवात गर्नुभएका झाले अन्नपूर्ण पोष्ट, हिमालय टाइम्स लगायतका पत्रपत्रिकामा सम्पादक रही काम गरि सक्नुभएको छ । तीन दशकदेखि पत्रकारितामा अनवरत क्रियाशील पत्रकार झाले अमेरिका, फ्रान्स, नर्वे, नेदरल्याण्ड, स्वीडेन, कोरिया, जर्मनी, लेवनान, पोर्र्चुगल, डेनमार्क, स्पेनलगायतका देशका भ्रमण गरी महत्वपूर्ण अनुभव संगाल्नुभएको छ । पत्रकारितामा महत्वपूर्ण योगदान गरेबापत यसबर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यहाँलाई हार्दिक बधाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *