Samyentra Dot Com

गृहपृष्ठ » प्रवासएनआरएन युएईद्वारा आपत्कालिन उद्दार कोष स्थापना  , आगामी बिहिवार अन्तरक्रिया गर्ने

एनआरएन युएईद्वारा आपत्कालिन उद्दार कोष स्थापना  , आगामी बिहिवार अन्तरक्रिया गर्ने

September 23, 2017२३७ पटक

रामकुमार पारियार
युएई – बिहिवार दुबईमा बसेको गैह्र आवसिय नेपाली संघ (एनआरएनए) युएईको नयाँ कार्यसमितिको पहिलो बैठकले आपत्कालिन उद्दार कोष स्थापना गरेको छ ।

राहत कोषमा संस्थाको मुल कोषबाट १५ हजार र कार्यसमिति सदस्यहरुबाट स्वेच्छिक र लेबि बापत १८ हजार संकलन गरि कुल ३३ हजार दिरामको प्रारम्भिक उद्दार कोष स्थापना गरिएको हो । यो कोषबाट आफ्ना सदस्यहरु मध्ये कसैको मृत्यु भएमा तत्काल १ लाख ५० हजार र कोहि दुर्घटनामा परि अंगभंग भएमा उपचार  बापत तत्काल १ लाख राहत दिईने बताईएको छ ।

त्यस्तै समितीले अघिल्लो कार्यसमितिले शुरूवात गरेको दर्ता प्रक्रियालाई अगाडि बढाउँदै चाँडोभन्दा दर्ता प्रक्रिया संपन्न गर्ने निर्णय समेत गरेको छ । त्यसको निम्ति अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष नेत्र शर्मा , आईसीसी सदस्य ठाकुर प्रसाद ढुंगाना , युवा संयोजक नवीन पौडेल र दुबई क्षेत्रका अध्यक्ष मदन अधिकारी सदस्य रहेका छ्न ।

यसैगरी बैठकले मनु क्षेत्रीलाई प्रवक्तामा चयन गर्दै ५ जना सदस्य थपेर २९ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । नयाँ थप गरिएका सदस्यहरुमा सागर लुँईटेल , विष्णुहरि वाग्ले , असार तामाङ , ओमप्रकाश पोखरेल र सुदिप खरेल रहेका छन् ।

विभिन्न समितिहरु गठन

बैठकले ६ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । सल्लाहकार समितिमा एनआरएनए युएईका निवर्तमान अध्यक्ष सुदिप कार्की , नेपाली जनसंपर्क समितीका सभापति खेमराज बस्नेत , प्रवाशी नेपाली मंचका अध्यक्ष श्याम कँडेल , नेपाली जनप्रगतीशिल मंचका कार्यवाहक अध्यक्ष बाबुराम विश्वकर्मा , सातौं महाधिवेशनका क्रममा गठित निर्वाचन समितिका संयोजक पत्रकार लक्ष्मण खनाल र निमेष गिरि रहेका छन् । पछि १ सदस्य थपिने बताईएको छ ।

त्यस्तै कार्यसमितिसंग नियमित संपर्कमा रहि सहयोग गर्न पुर्व आईसीसी सदस्य गोपाल कँडेलको संयोजकत्वमा ५ सदस्यीय विशेष समिति निर्माण गरिएको छ । जसमा विमल तामाङ , मोहन शर्मा , रेखा घिमिरे र राजेशदर्शन अर्याल सदस्य रहेका छन् ।

यसैगरी बैठकबाट कार्यसमितिको नियमित बैठकमा प्रत्येक सदस्यबाट लेबि उठाउने निर्णय गरिएको छ । प्रत्येक बैठकबाट करिब ४ हजार दिराम संकलन हुने बताईएको छ । यसबाहेक समितिले नेपालमा विदेशी लगानी भित्र्याउन पहल गर्ने , पर्यटन प्रवर्द्धन र भेषभुषा , संस्कृतिको संरक्षण गर्न विशेष कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

गैह्र आवसिय नेपाली संघ (एनआरएनए) युएईले यहाँ रहेका सबै नेपाली संघसंस्थाहरुसंगको संबन्ध सुमधुर बनाई सबैसंग हातेमालो गर्ने भएको छ । यसक्रममा आगामी बिहिवार अन्तरक्रिया तथा बडा दशैँको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

बिहिबार साँझ दुबईको अरबियन कोर्टमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा अनतरकृया कार्यक्रममा युएईमा क्रियाशिल नेपाली संघसंस्थाहरु संग नियमित समन्वय र सहयोग आदानप्रदानको वातावरण बनाई सबैसंग सुमधुर संबन्ध स्थापना गरिने अध्यक्ष रमेश श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले आदिवासी जनजाती महासंघसंग विगतमा भएको तिक्तता हटाएर सुमधुर संबन्ध स्थापना गर्न चाहेको बताए ।

पौडेलको बिदाई

एनआरएनए युएईको पहिलो बैठकले अघिल्लो कार्यसमितिका सल्लाहकार एवं नेपाली जनप्रगतिशील मंचका अध्यक्ष हेमन्त पौडेललाई बिदाई गरेको छ ।

एनआरएन अभियानमा पौडेलले पुर्‍याएको योगदान र सहयोगको स्मरण गर्दै उनलाई स सम्मान बिदाई गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । पौडेललाई दोसल्ला ओढाएर संम्मान पत्र समेत प्रदान गरिएको थियो । उनी केही समयमै युएईको लामो बसाँई टुंग्याएर स्वदेश फिर्ता हुँदैछन ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad