Samyentra Dot Com

गृहपृष्ठ » प्रवास, मुख्य खबरआखिर के चाहन्छ नेपाली दूतावास ?

आखिर के चाहन्छ नेपाली दूतावास ?

September 22, 2017२७४ पटक

रामकुमार परियार

अन्ततः अबुधाबीस्थित नेपाली दूतावासले नेपाली पत्रकारहरुलाई गरेको अघोषित बहिष्कार सतहमा आएको छ ।

नेपाल पत्रकार महासंघ युएई शाखा र यहाँ क्रियाशिल नेपाली संचारकर्मीहरुलाई जानकारी नै नदिई सिमित व्यक्ति र संघसंस्थाहरु डाकेर
दूतावासले बिहिवार संविधान दिवस मनाएपछि पत्रकारलाई गरिएको अघोषित बहिष्कार सतहमा आएको हो ।

युएईमा क्रियाशिल नेपाली पत्रकारहरुले दूतावासका कमजोरीहरु निरन्तर रूपमा सार्वजनिक गर्न थालेपछि दूतावास र पत्रकार बिच तिक्तता बढेको थियो ।

सेटिङ मार्फत भिजिट भिजामा नेपाली कामदार युएई ल्याएर अलपत्र पार्ने , धम्की दिने , यातना दिने दलालहरुको दूतावाससंग भएको कनेक्सनका बारेमा निरन्तर फ्लो अप गरेपछि दूतावासले गत श्रावण ८ गते विज्ञप्ति निकालेर पत्रकारहरुको आलोचना गरेको थियो ।

मानव तस्करहरुको विरुद्ध पीडित नेपाली मजदुरको पक्षमा समाचार लेख्दा दूतावासले विज्ञप्ति नै निकालेर पितपत्रकारिता गरेको आक्षेप लगाएको थियो । त्यसको भोलिपल्ट अर्थात श्रावण ९ गते नेपाल पत्रकार महासंघ युएईले विज्ञप्ति मार्फत दूतावासको विज्ञप्तिको खण्डन गरेको थियो । युएईका अन्य नेपाली संघसंस्थाहरुले समेत सार्वजनिक रुपमै दूतावासको आलोचना गर्दै पत्रकारको पक्षमा बोलेका थिए ।

यस घटनाबाट अझ चिसिएको दूतावास र पत्रकार बिचको संबन्ध यसपटक भने दूतावास आफैले छताछुल्ल पारेको छ । संविधान दिवस अनिवार्य रुपमा मनाउने परराष्ट्रको निर्देशन बमोजिम बिहिवार अबुधाबीको एक ५ तारे होटेलमा दूतावासले भव्य कार्यक्रम आयोजना गर्‍यो । जसमा कुनैपनी नेपाली पत्रकारलाई निम्तो गरिएन ।

संविधानले चौथो अंगको महत्त्वपूर्ण स्थान दिएको संचारकर्मीलाई त डाकिएन नै । दूतावासका गतिविधिहरुलाई नजिकबाट हेरेर कमिकमजोरी औंल्याईदिने अन्य धेरै संघसंस्थाहरुलाई समेत दूतावासले खबर गरेन । हाँस्यस्पद त के छ भने संविधान मान्दिन भन्दै संविधान दिवसलाई कालो दिवस भन्ने जनजाति महासंघका प्रतिनिधिहरु कार्यक्रम स्थलमा ठाँटिएर पुगेका थिए । केही नेपाली पत्रकारहरु पनि दर्शकको रूपमा सहभागी थिए । तर उनिहरु समाचार संकलनका निम्ति नभएर कार्यक्रम अवलोकनका निम्ति पुगेका थिए ।

यता पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालले दूतावास जस्तो राज्यको जिम्मेवार निकायले आमसंचारलाई निषेध गर्नु दु:खद भएको प्रतिक्रिया दिए । संविधान दिवस जस्तो राज्यको महत्त्वपूर्ण पर्वमा पत्रकार महासंघ र पत्रकारहरुलाई सहभागी नगराउनु दु:खद भएको  उनको भनाई छ  ।

त्यस्तै गैह्र आवसिय नेपाली संघ युएईका निवर्तमान अध्यक्ष सुदिप कार्कीले दूतावासले पत्रकारहरुलाई गरेको निषेधात्मक कदम प्रती असन्तोष व्यक्त गरेका छन् । उनले “राज्यको चौथो अंगलाई बहिष्कार गरेर , संविधान मान्दिन भन्नेलाई चैं काखी च्यापेर कस्तो संविधान दिवस मनाउने हो महामहिम ज्यु ? ” भनेर प्रश्न गरेका छन् ।

त्यसैगरी नेपाली जनप्रगतिशिल मंच युएईका अध्यक्ष हेमन्त पौडेलले हरेक कार्यक्रममा पत्रकारहरुलाई आमन्त्रण गर्ने प्रचलन रहि आएकोमा यसपटक दूतावासले पुर्वाग्रहपुर्ण ढंगले आमन्त्रण नगरेको टिप्पणी गरे ।

नेपाली श्रमिकको पक्षमा निरन्तर कलम चलाउँदै आएका पत्रकार मेघराज सापकोटाले आफ्नो फेसबुकमा लेख्दै दुतावासले कालोलाई सेतो बनाउन सफल भएको उल्लेख गरेका छन । उनले व्यंग्यात्मक रुपमा दूतावासको संकिर्णताको प्रसंसा गरेका छन ।

यसैगरी नेपाल प्रेस युनियन युएईले दूतावासको कार्यक्रममा पत्रकारहरुलाई खबर नगर्नु भनेको जनतालाई सुसुचित हुने अवसरबाट बन्चित गर्नु सरह भएको जनाएको छ । प्रेस युनियन युएईका अध्यक्ष नारायण भुर्तेलले दूतावास , पत्रकार महासंघ र युएईमा क्रियाशिल संपुर्ण पत्रकारहरु बिच समन्वय हुनुपर्ने बताए ।

त्यसो त दूतावासले आफ्नो कमिकमजोरी औंल्याएको रिस नेपाली काङ्ग्रेसको प्रवाश संगठन नेपाली जनसंपर्क समिति माथी समेत पोखेको छ । दर्जनौं संघसंस्था र विशिष्ट व्यक्तिहरु डाक्न भ्याएको दूतावासले नेपाली जनसंपर्क समितिलाई आमन्त्रण गरेन ।

जनसंपर्क समितीका सभापति खेमराज बस्नेतले पछिल्लो समय दूतावासलाई मजदुर मैत्री बन्न र नेपाली श्रमिकको हितमा ध्यान दिन खबरदारी गर्दै आएका छन् । यसैबाट विरक्तिएर उसले जनसंपर्क समितिलाई बेवास्था गरेको अनुमान लगाउन सकिन्छ ।

नेपाल र संयुक्त अरब ईमिरेट्स (युएई) बिच २२ जनवरी १९७७ मा दौत्य संबन्ध स्थापित भएको हो । त्यसपछि ११ अप्रिल २००४ मा राजधानी अबुधाबीमा दूतावास खोलिएको हो । करिब ४ वर्ष कार्यवाहक स्तरमा कार्यसंपादन गरेपछि २१ डिसेम्बर २००८ देखि राजदुतस्तरमा स्तोरन्नती भई सेवा दिंदै आएको छ । निवर्तमान राजदुत धनन्जय झा पदावधि सकेर फर्किए यता लामो समय देखि दूतावास कार्यवाहक राजदुत नेत्र बहादुर टण्डनको भरमा चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad