Samyentra Dot Com

गृहपृष्ठ » प्रवासनेपाली समाज युएईमा वैधानिक संकट

नेपाली समाज युएईमा वैधानिक संकट

September 20, 2017२१५ पटक

युएई । नेपालीहरुको पुरानो संस्था नेपाली समाज युएईमा वैधानिक संकट पैदा भएको छ । वर्तमान नेतृत्वको कमजोरी र निर्वाचन समितीको अपरिपक्वताले गर्दा नेपाली समाज संस्था नै विघटनको संघारमा पुगेको हो ।

नेपाली समाज युएईका आजिवन सदस्य तथा  सामाजिक कार्यकर्ता पिएस लिम्बुले निर्वाचन समितीको वैधानिकता माथि प्रश्न उठाए पछी आगामी शुक्रबार २२ सेप्टेम्बरमा बोलाईएको अधिवेशन नहुने सम्भावना बढेर गएको छ ।

यस अघी जुलाई ७ मा आयोजित अधिवेशन बिबादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो । निर्वाचन समितीले बनाएको बिबादास्पद आचारसँहिताका कारण बिबाद उब्जिएको थियो ।

निर्वाचन समिती स्वंय पनि तटस्थ हुन नसकेको र निबर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटालाई पुन: अध्यक्ष बनाउने खेलमा लागेको भन्दै निर्वाचन समिति विवादको घेरामा परेको थियो ।

आजिबन सदस्य पिएस लिम्बुले फेसबूकमा लेख्दै बिधानत निर्वाचन समितीको अवधी गठन भएको मिती देखी ३ महिना सम्म रहने भएकोले उक्त समय सकिएको जनाएका छन । गत अप्रिल २८ तारिक शुक्रबार बरदुबईमा सम्पन्न नेपाली समाज युएईको भेलाले गोबिन्द ढकालको सँयोजकत्वमा निर्वाचन समिती गठन गरेको थियो ।

बिधानको पारीच्छेद-६ धारा १७ को उपधारा २ बमोजिम ३ महिना भित्र निर्वाचन गर्न नसकेकोले निर्वाचन समितीको बैधानिकता सकिएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad