Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, हाइलाइटऊ पो रैछ मध्यरातमा महिलालाई अपहरण र बलात्कार गर्ने !

ऊ पो रैछ मध्यरातमा महिलालाई अपहरण र बलात्कार गर्ने !

September 12, 2017२१९ पटक

मोरङ / भाद्रको ५ गते राती बेलबारीस्थित सिनेमा हलबाट पतिसगै घरतिर फर्कदै गरेकी बिराटचोककी एक महिलालाइ पतिबाट खोसेर नाटकीय अपहरण गरी बलात्कार गर्ने मोरङको सुन्दरहरैचा ११ बेलेपुर निबासी २१ बर्षे रन्जित तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
जोइपोइ घर फर्कने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको तेल सकिएर अभर परेपछि पेट्रोल खोज्न सहयोग गर्ने बाहनामा तामाङले पत्नीलाई लालभित्ती स्थित पेट्रोल पम्पमा कुर्न लगाएर पतिलाई खोर्साने चोकमा पुर्याइ छाडेको थियो । त्यहाँबाट भागेर लालभित्ती आएको तामाङले पतिले बोलाएको छ भन्दै झुक्याएर महिलालाइ अपहरण गरी बलात्कार गरेको थियो ।
श्रीमतीलाई पेट्रोल पम्पमा एक्लै छाडेको र बाइकवाला पनि त्यतै गएकोले पेट्रोल सेट्रोल खोज्न छाडेर श्रीमान हतार हतार पैदल दौडेर लालभित्तिको पेट्रोल पम्पमा आएका थिए ।
कुदेर पेट्रोल पम्प आइपुग्दा श्रीमती नभएको र केबल पेट्रोल सकिएको बाइक मात्रै थियो । पेट्रोल पम्प एरियामा भएका मानिस सुतिसकेका थिएनन् । त्यसैले पतिले उनीहरूलाई आफ्नी श्रीमतीको बारे सोधे । पम्पवाला साथी भाइहरुले बाइकमा आएको अर्को मानिसले श्रीमान भएको ठाउँमा पुर्याइ दिने भन्दै बाइकमा चढाएको र जबरजस्ती लालभित्तिबाट उत्तरतिर लगेको बताएका थिए ।
अपहरित श्रीमतीको मोबाइल अफ भएकोले उनले साथीभाइ गुहारे । अरु आइपुगेपछि प्रहरीसगसंगै हतार हतार लालभित्तिदेखि उत्तरतिर लागे । तर देवीझोडा पुग्दा महिलालाई बलात्कार गरी त्यो पापी भागिसकेको थियो ।
हुन त एक मानिसले मध्यराततिर जबर्जस्ती महिलालाई खोलातिर लगेको देखेपछि स्थानीय कुमाल टोलका केही युवाले बाइकको पिछा गर्ने कोशिश गरेका थिए । निकैबेरपछि उनीहरू लोहोन्द्रा खोलामा पुग्दा उनीहरूले बाइकवाला र महिलालाइ भेटेका थिए पनि । त्यो पापीले महिलालाई बलात्कार गरिसकेको रहेछ । महिला रोइ कराइ गरेकोले युवाले खोलामा आएका महिला र बाइकवाललाइ केरकार गरेका थिए । बाइकवालाले महिलालाई उछिन्दै आफुहरु ब्वाइ फ्रेण्ड र गर्ल फ्रेण्ड भएकोले घुम्न आएको बतायो, तर त्यस्तो लाग्दैनथ्यो । त्यसैले युवाहरूले पहिले नै बाइकको नम्बर नोट गरिसकेका थिए । बाइकको नम्बर थियो मे ५ प ६८५९ । दुई सय २० सीसीको निलो बाइकको नम्बर लिएपछि युवाले त्यो बाइकवालालाइ नियन्त्रणमा लिने कोशिश पनि नगरेका होइनन् तर बाइकको चावी हरायो भन्दै उनीहरूलाई छ्क्याएर त्यही बाइकमा भागेको थियो । त्यो बाइकमा चाबी नै रहेनछ , चावी बिना नै स्टार्ट हुने भएकोले त्यो उम्कन सफल भएको थियो । लालभित्तिबाट ती महिलाका श्रीमान अनि बेलबारी र केराबारीबाट प्रहरी टोली आइपुग्दा बलात्कारी भागिसकेको थियो । चारैतिर खोज्दा पनि त्यो मान्छे भेटिएको थिएन ।

त्यसो त घटना लगत्तै ‘पतिबाट खोसेर मध्यरातमा अपहरण गरी महिलालाइ गरियो बलात्कार’ शिर्षकमा सबैभन्दा पहिले पुर्वेली डटकममा समाचार प्रकाशन भएपछि त्यो समचार भाइरल नै बनेको थियो । त्यतिमात्र होइन, पिडित महिलाको पहिचान गरी प्रभावमा पार्नका लागि राजनितिक सोर्स फोर्स समेत लगाउन खोजिएको थियो । त्यस क्रममा एक पार्टीको जिल्ला स्तरीय नेताले सन्चारकर्मीलाई फोन गरी पिडितको नाम ठेगाना पत्ता लगाउने प्रयास पनि गरेका थिए ।
घटनापछि फरार निज तामाङलाई दमकबाट बिराटचोक आएको बेला भाद्रको अन्तिम हप्ता अर्थात तीन चार दिन अघि पक्राउ गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्ज प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । तामाङ पक्राउ पर्नुअघि नै प्रहरीले निज बिरुद्ध जिल्ला अदालत मोरङमा बलात्कार सम्बन्धि मुद्दा दायर गरिसकेको छ । – अम्बिका भण्डारी

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad