Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, हाइलाइटतीन महिना पनि टिक्न सकेनन् नगरपालिकाका हाकिम

तीन महिना पनि टिक्न सकेनन् नगरपालिकाका हाकिम

September 11, 2017२४६ पटक

मोरङ  । बिरामीको कारण देखाउदै लामो समयदेखि अनुपस्थित भएका मोरङ बेलबारीका कार्यकारी प्रमुखकाे सरुवा भएको छ ।
चुनावअघि सरुवा भएर आएका डम्बरु प्रसाद निरौला असार १४ को स्थानीय चुनावपछि एक दुई पटक मात्र कार्यालय आएका िथए । स्रोतका अनुसार पहिला झापामा सहयक सिडिओ भैसकेका निरौलाले निरौलाले आफू झापाको सिडिओ भइसकेको भन्दै मेयर ज्ञानेन्द्र सुवेदीको आदेश नमान्ने बताएपछि स्थानीय चुनाव लगतै सामान्य विवाद समेत भएको थियो । नगरपालिकाको एकमात्र गाडी भएकोले कसले प्रयोग गर्ने भन्ने बिषयमा मेयर र कार्यकारी बिच हानथाप हुने गरेको चर्चा थियो । एकको अनुपस्थितिमा अर्कोले सोही गाडी प्रयोग गर्दै आएका थिए ।
गत साउन अन्तिम हप्ताको बर्षाका कारण जताततै बाढी पहिरो गएर ठूलो संकट निम्तेका बेला समेत निरौला उपचारको लागि भन्दै अन्यत्र गएका थिए । पायल्सको बिरामी भएको बताउने निरौला बाढी पहिरो गएको दुई तिन हप्तासम्म पनि कार्यालय नआएपछि जनप्रतिनिधिले दोकानबाट उदारोमा सामान ल्याइ बाढी पीडितलाई राहत दिएका थिए ।
हाकिमको अनुपस्थितिमा तलब,राहत लगायत सबै काम कारबाही प्रभावित भएपछि भदौको दोस्रो साता एक दुई दिन आएर निरौला फेरि हिडेका थिए । गत हप्तादेखि उनी फेरि हालसम्म अनुपस्थित नै छन् । कार्यालय प्रमुख अनुपस्थित भएका कारण नगरपालिकाका कर्मचारीले समेत साउनदेखिको तलब पाएका छैनन । कार्यालय प्रमुख निरौलाले बिदाका दिन समेत कार्यालयको गाडी प्रयोग गर्ने गरेका थिए । निरौला आएको तीन महिना र जनप्रतिनिधिले पदभार ग्रहण गरेको दुइ महिना पुगिसकेको भएपनि हालसम्म जनप्रतिनिधि र कर्मचारीको एउटा पनि बैठक बसेको छैन । त्यतिमात्र होइन, कार्यालय प्रमुख लामो समय अनुपस्थित भएका कारण नगरपालिकाको नगर परिसद कहिले गर्ने भन्नेबारे छलफल समेत हुन सकेको छैन । नगरपालिकाबाट बितरण गरिने साउनयता अर्थात यस आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता समेत हालसम्म बितरण गरिएको छैन ।
कार्यकारीको सरुवा भएकोबारे प्रश्न गर्दा नगरपालिकाका लेखा अधिकृत टिकाराम रेग्मीले सरुवा भएको सुन्नमा आएपनि कतैबाट पत्र वा जानकारी नआएको बताए । नगरपालिका प्रमुख ज्ञानेन्द्र सुबेदीले निरौलाको सट्टा जिल्ला समन्वय समितिबाट तत्कालका लागि कार्यकारी खटिएको बताए । – अम्बिका भण्डारी

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad