Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, मुलुकप्रदेश चुनावका लागि सुनिल शर्माको दौडधुप

प्रदेश चुनावका लागि सुनिल शर्माको दौडधुप

September 10, 2017५९२ पटक

गोपाल काफ्ले, पथरी । मोरङ क्षेत्र नं. ३ मा प्रदेशको चुनावको दौडधुप शुरु भएको छ ।

प्रदेश चुनावमा आफु बलियो उमेदवार साबित गर्न मोरङ क्षेत्र नं. ३ मा नोबेल हस्पिटल बिराटनगरका निर्देशक सुनिल शर्मा दाैडधुपमा लागेका हुन्  । संगठन बिस्तार गर्दै हिडनु भएका नोबेल मेडिकल कलेजका निर्देशक  शर्माले आफुले टिकट पाए एमालेको किल्ला तोडने बताउनु भएको छ । मोरङमा काङग्रेसको सबैभन्दा कमजोड क्षेत्र भनेकै क्षेत्र नं. ३ हो त्यहि भएर शर्माले आफु कम्जोर ठाउँ बाट उठेर जित दिलाउने बताउनु भएको छ । यदि उहाले टिकट पाए जिते वा हारेको खन्डमा पनि नोबेल मेडिकल कलेजले क्षेत्र नं. ३ का जनताको अध्य

यन गरि निशुल्क उपचार गराउने जानकारी दिनु भएको छ । स्वास्थ क्षेत्रमा लामो समय बिताई सक्नु भईका शर्माले गरिव जनताका छोरा छोरीले शिक्षा र स्वास्थ क्षेत्रबाट बन्चित हुनु हुदैन भन्ने अभिलाशाका साथ आफुले उमेदवार दिने जानकारी दिनु भएको हो ।
अफुले धन कमाएको अब सम्पुर्ण नेपालीको मन शिक्षा र स्वास्थ क्षेत्रबाट जितेर देखाउने शर्माले बताउनु भयो । आफुले क्षेत्र नं. ८ मा सुकुम्बासीको घर दैलोमा पुगेकोले अहिले क्षेत्र नं. ८मा नेपाली काङग्रेसको बिजयी भएको समेत जानकारी गराउनु भयो । अझैपनि नोबेल मेडिकल कलेजले दैनिक २ सय बिरामीलाई निशुल्क उपचार गराउदै आएको उहाले बताउनु भयो । यदि तोकिएकै समयमा मंसिर २१ गते प्रदेशको चुनाव भयो भने त्यसकौ रिजल्टमा यहाँ नेपाली काङ्ग्रेसले चार तारे झन्डा अवस्य फर्फराउने कुरामा बिश्वस्त रहन अनुरोध गर्नु भयो ।
शर्मालाई पुर्व गाउँ सभापती रुपनारायण भट्टराई, जिल्ला सदस्य मान बहादुर राई, क्षेत्रिय सभापति गणेश खडका, क्षेत्रिय प्रतिनिधि ज्ञानेन्द्र ढकाल, माहादिबेसन प्रतिनिधि यज्ञ ढकालले सघाउने जानकारी दिनुभएको छ । क्षेत्र नं. ३ मा मोरङको पथरीशनिश्चरे वडा नं. १,२,३,४,७,८,९,१० कानेपोखरी गाउँपालीका ४,५,६,७ बेलबारी नगरपालिका १,२,३,४,८,९,१०, ११ र सुन्दरहरैचा १,८,९,१०,११,१२ गरि ३ नगरपालिका र १ गाउँपालिकाका केहि वडाहरु समेटिएको छ । जम्मा १ लाख ६४ हजार जनसंख्या रहेको क्षेत्र रहेको छ । जुन क्षेत्रमा काङग्रेस बाट सुनिल शर्मा, केशव दुलाल, सेखर चन्द्र थापा आकाङक्षी रहेका छन भने नेकपा एमालेबाट राम कुमार बस्नेत, कृष्ण कुमारी राई, गुरु बराल, चन्डी प्रसाद राई दैडधुपमा छन ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad