Samyentra Dot Com

गृहपृष्ठ » प्रवासदुबईको अस्पतालमा उपचाररत देवराजलाई सहयोग गर्न रमेश श्रेष्ठको अपिल

दुबईको अस्पतालमा उपचाररत देवराजलाई सहयोग गर्न रमेश श्रेष्ठको अपिल

September 10, 2017२८० पटक

रामकुमार परियार
युएई – दुबईको अस्पतालमा उपचार गराईरहेका तनहुँका देवराज श्रेष्ठको उपचारका निम्ति सहयोग जुटाउन गैह्र आवसिय नेपाली संघ युएईका निवर्तमान उपाध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा संचालन गरिएको सहयोग अभियानमा हालसम्म ४ हजार १ सय ६३ दिराम संकलन भएको छ ।

केही समय अघि भिजिट भिजामा युएई आएका देवराज श्रेष्ठ अगष्ट २५ तारिख आफू बसेको क्याम्पमै दुर्घटनामा परेर गम्भिर घाईते भएका थिए । तत्कालै उनलाई दुबई अस्पताल लगिएको थियो ।

भिजिट भिजामा रहेका श्रेष्ठको उपचारमा समस्या भएकाले गैह्र आवसिय नेपाली संघले उपाध्यक्ष रमेश श्रेष्ठलाई सहयोग जुटाएर सहायता गर्न जिम्मेवारी दिएको थियो । श्रेष्ठले तत्कालै अस्पताल पुगेर बिरामीको बारेमा सोधपुछ गर्दै सहयोग संकलन थालेका थिए । उनको पहलमा हालसम्म ४ हजार १ सय ६३ दिराम संकलन भएको छ ।

उनको उपचारमा संलग्न डाक्टरका अनुसार उनको टाउकोमा गम्भीर चोट लाग्नाले रगत जमेको सहयोग अभियानको नेतृत्व गरिरहेका रमेश श्रेष्ठले बताए । हालसम्म १८ हजार दिराम खर्च भईसकेको र सिटि स्क्यान सहित थप उपचार गर्दा करिब २५ हजार दिराम खर्च लाग्ने अस्पताल श्रोतले जानकारी दिएको श्रेष्ठले बताए ।

श्रेष्ठले दिएको जानकारी अनुसार हालसम्मका सहयोगीहरु :

नवप्रगतिशिल वचत कोष : २०५०
रमेश श्रेष्ठ : ५००
राजेश अर्याल : १००
दिपक खड्का : १००
मनोज गोर्खाली : १०१
बालकृष्ण मरासिनी : १०१
स्याङ्जा सहयोग समाज : ५००
गणेश केसि : १००
पासाङ शेर्पा : १००
नबिन पौडेल : १००
कृष्ण आचार्य : १००
कन्दराको मानिस म : १००
कुङ्गा मगर : १००
मदन अधिकारी : १११

जम्मा संकलित : ४,१६३

आगामी सेप्टेम्बर १५ तारिख हुन लागेको गैह्र आवसिय नेपाली संघ युएईको सातौँ अधिवेशनमा अध्यक्षको उम्मेदवार समेत रहेका रमेश श्रेष्ठले युएईमा रहेका सबै नेपालीहरुलाई देवराज श्रेष्ठको उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad