Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, समाजहाकिम अनुपस्थित हुँदा नगरपालिकाको काम कारबाही डमाडोल

हाकिम अनुपस्थित हुँदा नगरपालिकाको काम कारबाही डमाडोल

September 7, 2017३१९ पटक

मोरङ ।  बिरामीको कारण देखाउदै लामो समयदेखि कार्यकारी प्रमुख अनुपस्थित भएका कारण मोरङ बेलबारीको कामकारबाही प्रभावित भएको छ ।
चुनावअघि सरुवा भएर आएका डम्बरु प्रसाद निरौला असार १४ को स्थानीय चुनावपछि एक दुई पटक मात्र कार्यालय आएका छन् । स्रोतका अनुसार पहिला झापामा सहयक सिडिओ भैसकेका निरौला र नव निर्वाचित जन प्रतिनिधिबिच स्थानीय चुनाव लगतै सामान्य विवाद समेत भएको थियो । निरौलाले आफू झापाको सिडिओ भइसकेको भन्दै मेयर ज्ञानेन्द्र सुवेदीको आदेश नमान्ने बताएपछि बिवाद भएको नगरपालिकाका एक कर्मचारीले बताए । नगरपालिकाको एकमात्र गाडी भएकोले कसले प्रयोग गर्ने भन्ने बिषयमा मेयर र कार्यकाररबिच अन्योल हुने गरेको छ । एकको अनुपस्थितिमा अर्कोले सोही गाडी प्रयोग गर्दै आएका छन् ।
गत साउन अन्तिम हप्ताको बर्षाका कारण जताततै बाढी पहिरो गएर ठूलो संकट निम्तेका बेला समेत निरौला उपचारको लागि भन्दै काठमाडौमै थिए । पायल्सको बिरामी भएको बताउने निरौला बाढी पहिरो गएको दुई तिन हप्तासम्म पनि कार्यालय नआएपछि जनप्रतिनिधिले दोकानबाट उदारोमा सामान ल्याइ बाढी पीडितलाई राहत दिएका थिए । हाकिमको अनुपस्थितिमा तलब,राहत लगायत सबै काम कारबाही प्रभावित भएपछि भदौको दोस्रो साता एक दुई दिन उपस्थित भएर निरौला फेरि हिडेका थिए । गत हप्तादेखि उनी फेरि हालसम्म अनुपस्थित नै छन् । कार्यालय प्रमुख अनुपस्थित भएका कारण नगरपालिकाका कर्मचारीले समेत साउनदेखिको तलब पाएका छैनन । कार्यालय स्रोतका अनुसार कार्यालय प्रमुख निरौलाले बिदाका दिन समेत कार्यालयको गाडी प्रयोग गर्ने गरेका छन् ।
त्यसो त बेलबारी आएको तीन महिना र जनप्रतिनिधिले पदभार ग्रहण गरेको दुइ महिना पुगिसकेको भएपनि हालसम्म जनप्रतिनिधि र कर्मचारीको एउटा पनि बैठक बसेको छैन । त्यतिमात्र होइन, कार्यालय प्रमुख लामो समय अनुपस्थित भएका कारण नगरपालिकाको नगर परिसद कहिले गर्ने भन्नेबारे छलफल समेत हुन सकेको छैन । नगरपालिकाबाट बितरण गरिने साउनयता अर्थात यस आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता समेत हालसम्म बितरण गरिएको छैन । मेयर सुवेदी समेत बिरामी भएको बताउँदै केही समययता अनुस्थित छन् । – अम्बिका भण्डारी

अम्बिका भण्डारीबाट

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad