Samyentra Dot Com

गृहपृष्ठ » मुलुक, समाजमोरङको गाउँका बाढीपीडितलाई राहत वितरण गर्दै मोरङसुनसरी

मोरङको गाउँका बाढीपीडितलाई राहत वितरण गर्दै मोरङसुनसरी

September 7, 2017४२२ पटक

इटहरी। साउनको अन्तिम हप्ताबाट परेको अविरल वर्षाबाट आएको बाढीले घरवारविहिन भएका मोरङका भित्री गाउँबस्ति सहाराविहिन बाढीपीडित परिवारलाई मोरङसुनसरी सेवा समाज अन्तर्गत सामाजिक अभियानबाट मंगलबार म्याट्रेस तथा खाद्यान्न राहत वितरण गरेको छ ।
मोरङसुनसरी सेवा समाजको सामाजिक अभियान अन्तर्गत मोसुको केन्द्रीय कार्यालय नेपाल, शाखा कार्यालयहरु कतार, बहराईन र कुवेतबाट मोसु सदस्यहरुबाट संकलित रकमलाई मोसु नेपालबाट वितरण गरेको हो ।
रतुवामाई नगरपालिका वडा नं. ५ गोविन्दुपुरमा बक्राहा खोलामा आएको बाढीले घरवारविहिन बनाएका अत्याधिक मुस्लिम समुदाय रहेको क्षेत्रका ५५ घर परिवार र उर्लाबारी–८, दुर्गापुरीका सतार बस्तिका १४ घर परिवारलाई राहत वितरण गरेको छ ।
रतुवामाई नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष कनैलाल राजवंशी र प्रहरी चौकीका इन्चार्ज गंगाबहादुर खड्कासहित राहत विरतण गरिएको स्थानका घरधनी काशीनाथ पाठक, सहजकर्ता बिक्रम माझी, लालबहादुर लायमगरलगायत गाउँका भद्रभलादमी, समाजसेवीको रोहवरमा सो राहत रकम उपलब्ध गराइएको हो ।
गोविन्दपुरमा राहत पाउनेमा मोहम्मद इसाक, अब्दुल, अजित, भोला, अख्तर, मनोज मेहता, जसोदा माझी, मोहम्मद हेलाल, कलाम, कमरुज, वाजदुल, तमु खातुन, विरये राजवंशी, सुरमिल ऋषिदेव, जोगिन्दर मिस्त्री, नविन साह, कुमार खड्कालगायत छन् ।
यस्तै उर्लाबारी नगरपालिका वडा नं. ८ दुर्गापुरीका मुसहर बस्तिका १४ घर परिवारलाई राहत उपलब्ध गराउँदा उक्त वडाका वडा सदस्य द्वय अग्नि सुब्बा र लक्ष्मी ढुंगाना, पूर्व गाविस अध्यक्ष चन्द्रबहादुर थेवे, रोजगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश भट्टराई, अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक कोमल प्रसाद खतिवडा, समाजसेवी योगेन्द्र न्यौपानेको रोहवरमा विद्यालय परिसरमै आश्रय लिएर बसेका उक्त परिवारलाई राहत वितरण गरिएको हो । सो कार्यक्रमबाट राहत पाउनेहरुमा तिखे सोरेन, पाण्डु हेमरम, फबेल किस्क, जेठा मर्डी, करण मर्डी, मण्डल मुर्मु, गोपी सोरेन, टल्के हेमरम (बुद्धिलाल), गोरे हेमरम, सुतिराम किस्कु, चुन्दा किस्कु, रविलाल हस्दा, साहेव किस्कु रहेका छन् । डुबानमा परेका २१ घर परिवारमध्ये पूर्णरुपमा क्षति भएका १४ घरपरिवारलाई सो राहत सामग्री उपलब्ध गराइएको हो । उक्त परिवारमा २ वर्षमुनिका आश्रित बालबच्चा १० जना रहेको समेत खुलेको छ ।
सो राहत वितरणमा संस्थाबाट पारिवारिक व्यस्तताका बाबजुद पनि धेरै पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । मोसुका पदाधिकारीदेखि मोसु कुवेतका महासचिव उमेश फुयाल, मोसु नेपाल पूर्व कार्यवहाक अध्यक्ष छवि सुवेदी, आजिवन सदस्यहरु शेरबहादुर कार्की, जिवन घिमिरे, सदस्य ज्ञानेन्द्र भट्टराई, इटहरी जेसिज पुर्व उपाध्यक्ष बासु भण्डारी, पूर्व कार्यसमिति सदस्य गगन खवास, रोजगार साकोस उर्लाबारीका अध्यक्ष प्रकाश भट्टराईलगायत राहत वितरणमा मोसु सामाजिक अभियानका अभियन्ताहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमलीको अध्यक्षतामा आयोजित उक्त राहत वितरण कार्यक्रमका सञ्चालक संस्थाका महासचिव खगेन्द्र कार्की थिए ।
स्मरणरहोस् ः मोरङसुनसरी सेवा समाजको भदौ १० गतेको २४ औं बैठकले संस्थाका प्रथम उपाध्यक्ष रामनाथ भण्डारीको संयोजकत्वमा गठित द्वितीय उपाध्यक्ष उर्मिला कार्की बस्नेत, ज्ञानेन्द्र पाण्डे र गगनकुमार चौधरी सदस्य रहेको चार सदस्यीय ‘बाढीपीडित छनौट तथा मूल्याङ्कन समिति’ले विभिन्न ठाउँको भ्रमण, अवलोकन, वस्तुस्थिति र स्थानीयसँगको परामर्शबाट निकालेको प्रतिवेदनका आधारमा उक्त दुई ठाउँमा राहत वितरण गरिएको र अब चाँडै सुन्दरहरैचा वडा नं. २ मृगौलियाका ६ घर परिवार र केराबारी गाउँपालिका वडा नं. ५ र ६ का ५५ घर परिवारलाई पुनः राहत वितरण गर्ने तयारीमा रहेको छ ।
अविरल वर्षाबाट आएको बाढीले मोरङ र सुनसरीका विभिन्न ठाउँमा दर्जनौंका ज्यान लिएको थियो भने हजारौं घरवारविहिन अवस्थामा पुगेका छन् । सुनसरीको इटहरीमा क्षेत्रका विभिन्न ठाउँमा आश्रित परिवारलाई (राहत वितरणमा पहिलो) राहत सामग्री खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको थियो । सो राहत सामग्री इटहरीका मेयर द्वारिकालाल चौधरीदेखि स्थानीय वडाका प्रमुखहरुको राहवरमा वितरण गरिएको थियो ।
मोरङसुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना मूल नाराका साथ १७ वर्षदेखि सामाजिक अभियानमा लागेको यस संस्थाले ।दैविकप्रकोपदेखि प्राणघातक रोग लागेर समाजका व्यक्तिहरुदेखि नेपाल सरकारको अन्धो निवारण अभियानमा ग्रामिण इलाकामा आँखा शिविर अयोजना गर्दै आएको हो । साथै यस संस्थाले संस्थामा आवद्ध व्यक्तिहरुका अप्ठ्यारा परिस्थितिमा दिलोज्यानले उनीहरुको समस्या समाधानमा लाग्ने गरेको छ । संस्थामा आवद्ध व्यक्तिहरुको आर्थिक समृद्धिदेखि दुःख र सुखमा साथमा रहेर संस्थाले संस्थाकै सदस्यहरुबाट आर्थिक संकलन गर्दै आजसम्मका सामाजिक अभियानमा सहभागीता जनाउँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad