Samyentra Dot Com

गृहपृष्ठ » खाडी मुलुक, ग्यालरी, प्रवासमृगौला  पिडित सबितालाइ कतारबाट सहयोग

मृगौला  पिडित सबितालाइ कतारबाट सहयोग

September 7, 2017६७७ पटक

 रुद्र शर्मा , कतार l  कतारको अल तामिज क्लिनिक कम्पनिमा काम गर्दै आएकी मृगौला  पिडित सबिता नेपालीलाइ सोहि कम्पनिमा कार्यरत उसका केहि साथी भाइ हरुले आर्थिक संकलन गरि गत १६ अगस्ट  २०१७ का दिन १ लाख ९० हजार ३ सय रुपया पिडित सबिता परिवारलाइ नै हस्तान्तरण गरेका छन्  l 
पिडित सबिता शंखरपुर नगरपालिका वार्ड न.९ काठमाडौं बिबासी हुन् l  पारिवारिक स्थिति अत्यन्तै नाजुक भएको कारण बिगत ५ बर्ष देखि कतार स्थित अल तामिज क्लिनिक कम्पनिमा कार्यरत थिइन l करिब २ महिना पहिले सबितालाइ क्यान्सर रोग लागेको थाहा पाए पश्चात ४५ दिन जति कतारको हामद अस्पतालमा उपाचार गराउदै आएकी थिइन् l उपाचारको क्रममा उसलाई हमाद अस्पताल रिफर गरे पश्चात २ हप्ता पहिले नेपाल गएर ओम अस्पताल उपाचार गराउदै छिन l  दुवै मृगौलाले काम नगरेको हुदा प्रत्यक २ दिनको फरकमा डाइलोसिस गरिरहेकि छन् l मृगौला प्रत्यारोपण गर्नको लागि करिब १० लाख रुपया खर्च लाग्ने अनुमानित गरिएको पारीवार पक्षले बताउछन l
करिब ३२ बर्षिया सबिताका एक नाहबालक छोरा छन् कतार आउनु अगाबै श्रीमानले दोश्रो विबाह गरेका थिए l पारिवारिक स्थिति नाजुक भएको कारण आफ्नो नहाबालक लाइ पालन पोषणको निमित्त कतार आईकी थिईन l श्रीमानले दोश्रो बिबाह गरे पश्चात सबितालाई कुनै पनि तरहबाट हेरेका छैनन् l   मृगौला पिडित सबिता नेपालीको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको हुदा निजलाई स्वइच्छा आर्थिक सहयोग गरिदिन समेत अपिल गरिकी छन् l
आफु काम गर्ने कम्पनीका खोटांग जिल्ला घर भएका चुडामणि पुरी र उनीकी साथी सिता कुवार लागएतका साथीहरुले उक्त संकलित रकम सबिता नेपालीलाइ आइ एम इ मार्फत सोहि मृगौला पिडित सबिता नेपालीको नाममा नेपाल पठाएका थिए  l सहयोग संकलन गर्ने सम्पूर्णलाई सविताले एक मुस्ट धन्यवाद समेत दिएकी छन् l
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad