Samyentra Dot Com

गृहपृष्ठ » प्रवासपत्रकार महासंघ युएईद्वारा बाढीपीडितलाई राहत

पत्रकार महासंघ युएईद्वारा बाढीपीडितलाई राहत

September 5, 2017२२७ पटक

युएई – नेपाल पत्रकार महासंघ युएई शाखाले हालसालै भएको अविरल वर्षा र बाढीबाट पीडित बनेकाहरुको सहयोगार्थ ७७ हजार ७ सय ५७ रुपैयाँ राहत पठाएको छ ।

अविरल वर्षा र बाढी शुरु भएसंगै नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै पत्रकारहरुलाई पीडितको राहत र उद्दारमा लाग्न आव्हान गर्दै विदेश स्थित शाखाहरुलाई राहत सकलन गरि पठाउन परिपत्र गरेको थियो ।

सोही बमोजिम युएई शाखाले पत्रकार दामोदर दहालको संयोजकत्वमा पत्रकारहरु रामकुमार परियार , उत्तम विक , गितामणी पाण्डे र खिमलाल पाण्डे सदस्य रहनेगरी राहत संकलन समिति गठन गरि युएईका क्रियाशिल पत्रकार र शुभेच्छुकहरुबाट आर्थिक सहयोग संकलन थालेको थियो ।

पत्रकारहरुबाट संकलन गरिएको राहत सोमबार नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको कोषमा जम्मा गरिएको राहत संकलन समितिका संयोजक दामोदर दहालले जानकारी दिए ।

उक्त रकम नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुबाट अतिप्रभावित क्षेत्रका पीडितहरुलाई प्रदान गरिने बताईएको छ । राहत वितरणका क्रममा पीडित पत्रकार र तिनका परिवारलाई प्राथमिकता दिईने बताईएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad