Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबर, समाजधनकुटा नगरमा कार्यक्रमकै रूपमा थालियो सरसफाई अभियान

धनकुटा नगरमा कार्यक्रमकै रूपमा थालियो सरसफाई अभियान

September 4, 2017३१६ पटक

धनकुटा । देशकै सफा शहरको रुपमा पुरस्कृत धनकुटा नगरपालिकामा सरसफाई कार्यक्रम सुरु गरिएको छ । धनकुटा नगरपालिका वडा न ३ को आयोजनामा ३ नम्बर वडाको सरसफाई गरिएको हो ।
क्लिन कागते, क्विन कागते भन्ने मुल नाराका साथ वडा नम्बर ३ को कागतेलाई सफा गर्नका लागि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, वडा न ३ का वडा अध्यक्ष विकास घिमिरे, धनकुटा नगरपालिकाका कर्मचारीहरु र स्थानीय सर्वसारधणहरु सडकमा आएर फोहोर सफा गर्नुका साथै सडक बढारेका थिए । धेरै संख्यामा उपस्थित व्यक्तिहरुले वडा न ३ का विभिन्न चौक तथा गल्लीहरु सफा गरेका थिए । धनकुटा नगरपालिका वडा न ३ का वडा अध्यक्ष विकास घिमिरेले ग्रिन कागते क्लिन कागते भनेको अब कागते सफा हुन्छ र खाली जमिनमा हरियाली बनाइने भएको बताए । “कागते क्षेत्रका घरहरु पनि जसरी हुन्छ एउटै हरियो रंगका बनाउछौँ ।“ घिमिरेले भने “आजबाट आफ्नो सहर आफैं सफा गरौं भन्ने अभियानको शुरुआत पनि हो ।“ धनकुटा र हिले बजारको बैकल्पिक बजारको रुपमा कागतेलाई स्थापित गर्न लागिपरेको घिमिरेले जानकारी दिए ।
यता कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक दिन मात्र सडकमा झाडु लगाएर शहर सफा नहुने भन्दै व्यक्तिको व्यवहारमा रुपान्तरण हुन आवश्यक रहेको बताए । लाखौँको घर बनाउन सक्ने व्यक्तिले आफ्नो घर अगाडि सफा गर्न नसक्नेले एक दिन सडक बढारेर उपलब्धी हाँसिल नहुने बताए । कागते चौकको जस्तै धनकुटा नगरपालिकाका विभिन्न वडाहरुमा पनि नागरिकहरुले आफैं जुटेर सफा गर्नुपर्ने र त्यसमा नगरपालिकाले सधैं सहयोग गर्ने तामाङले बताए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad