Samyentra Dot Com

गृहपृष्ठ » प्रवासप्रवाशको पत्रकारितालाई राष्ट्रिय मिडिया नेटवर्कमा जोड्न पहल गर्छु – शिवाकोटी

प्रवाशको पत्रकारितालाई राष्ट्रिय मिडिया नेटवर्कमा जोड्न पहल गर्छु – शिवाकोटी

September 2, 2017१७९ पटक

युएई – नेपाल प्रेस युनियन युएईको प्रथम अधिवेशनमा बोल्दै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रवाशमा पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारलाई नेपालका राष्ट्रिय मिडिया हाउसहरुमा जोड्न पहल गर्ने बताएका छ ।

उनले प्रवासमा जोखिम मोलेर पत्रकारिता गरिरहेका पत्रकारहरुको पुर्ण सुरक्षा तथा क्षमता अभिवृद्धिका निम्ति निकट भविष्यमै विशेष कार्यक्रम ल्याउने समेत बताए ।

शुक्रबार दुबईमा संपन्न अधिवेशनबाट पत्रकार नारायण भुर्तेलको अध्यक्षता सर्वसम्मत नयाँ कार्यसमिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा दुसबी भट्टराई , सचीवमा रामकुमार परियार , सहसचिव माधव न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा अर्पण निरौला , हरि खड्का , प्रकाश ढकाल , शैलेस खाती क्षेत्री , शिव चालिसे , शिवदत्त सुवेदी र नरेन सापकोटा चयन भएका छन् । त्यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामकुमार परियार र दुसबी भट्टराईलाई चयन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad