Samyentra Dot Com

गृहपृष्ठ » प्रवासनेपाली जनसंपर्क समिति युएईको विशेष साक्षत्कार संपन्न

नेपाली जनसंपर्क समिति युएईको विशेष साक्षत्कार संपन्न

September 2, 2017२८४ पटक

रामकुमार परियार
युएई – नेपाली जनसंपर्क समिति युएईले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा दुबईमा विशेष साक्षत्कार संपन्न गरेको छ ।

दुबईको कार्लटन टावरमा शुक्रबार आयोजित  साक्षात्कारमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल , नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्रकान्त भण्डारी र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटिले संबोधन गरेका थिए ।

जनसंपर्क समितिको केन्द्रिय र क्षेत्रीय समितिका प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा संबोधन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका अनुयायीहरुले व्यक्तिगत स्वार्थ त्यागेर सामुहिक हितमा ध्यान  दिनुपर्ने बताए ।

नेताहरूलाई सम्मान

कार्यक्रममा नेपालबाट आएका अतिथिहरु नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल , केन्द्रिय सदस्य चन्द्रकान्त भण्डारी र नेपाल प्रेस युनियनका महासचिव अजयबाबू शिवाकोटीलाई संमानपत्र सहित दोसल्ला ओढाएर संमान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा सहभागी नेपाली जनसंपर्क समिति युएईका केन्द्रिय र क्षेत्रीय समितिका संपुर्ण सदस्यहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता चन्द्रकान्त भण्डारीले प्रमाणपत्र प्रदान गरेका थिए ।

जनसंपर्क समिति युएईका महामन्त्री कृष्ण गौतमद्वारा संचालित कार्यक्रममा जनसंपर्क समिति युएईका संरक्षक तथा निवर्तमान सभापति चित्र केसि , नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालको उपस्थिती थियो । कार्यक्रममा सहभागी नेताहरूलाई कार्यक्रमका सभापति तथा नेपाली जनसंपर्क समिती युएईका सभापति खेमराज बस्नेतले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad