Samyentra Dot Com

गृहपृष्ठ » मुख्य खबरआचरण ठिक नहुनाले दोस्रो भयौँ – नेता पौडेल

आचरण ठिक नहुनाले दोस्रो भयौँ – नेता पौडेल

September 2, 2017१३९ पटक

रामकुमार परियार
युएई – सिद्धान्त ठिक भएपनी पार्टीका नेताहरुको आचरण र व्यवहार ठिक नहुनाले स्थानीय तहको निर्वाचनमा दोस्रो हुनुपरेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

शुक्रबार दुबईमा संपन्न नेपाल प्रेस युनियन युएई शाखाको प्रथम अधिवेशनमा संबोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन ।

दुबईको कार्लटन टावरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेता पौडेल सहभागी भएका थिए । उनले नेता तथा अनुयायीहरुको व्यवहार सुध्रिए आगामी निर्वाचनमा पुनः पहिलो पार्टी बन्ने  विश्वास समेत व्यक्त गरे ।

अधिवेशनमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पनि सहभागी थिए ।

नेपाल प्रेस युनियनको पहिलो अन्तरास्ट्रिय शाखाको रूपमा युएईमा गत बैशाखमा पत्रकार नारायण भुर्तेलको संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो । शुक्रबार संपन्न पहिलो अधिवेशनबाट भुर्तेलको अध्यक्षतामा पुनः ११ सदस्यीय कार्यसमिति समिति सर्वसम्मत चयन गरेको छ ।

नयाँ समितिको अध्यक्षमा नारायण भुर्तेल चयन भएका छन् भने उपाध्यक्ष र सचीवमा क्रमशः दुसबी भट्टराई र रामकुमार परियार चयन भए । त्यसैगरी सहसचिव माधव न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने चयन भए । यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामकुमार परियार र दुसबी भट्टराईलाई सर्वसम्मत चयन गरिएको छ ।

उक्त कार्यक्रममा नेपालबाट आउनु भएका अतिथिहरु लगायत युएईमा प्रेस युनियन गठन गर्न विशेष सहयोग पुर्‍याउने व्यक्तिहरुलाई संमान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad