Samyentra Dot Com

गृहपृष्ठ » Uncategorized, समाचाररिजाललाई सम्मान

रिजाललाई सम्मान

August 30, 2017१११ पटक

बाँके- गैर सरकारी संस्था महासंघ, बाँकेले महासँघका निबर्तमान अध्यक्ष प्रमोद रिजाललाई सम्मान गरेको छ । महासँघमा आबद्ध सदस्य सँस्थाहरुको दुई दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटनमा भाद्र ४ गते रिजाललाई सम्मान गरेको हो । संस्थागत बिकासका लागि महत्वपूर्ण योगदान गरेका रिजाललाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी गैसस महासँघ नेपालका केन्द्रीय सल्लाहकार गोपाल नाथ योगीले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरि रिजाललाई सम्मान गरेका हुन् । महासँघको अध्यक्षको जिम्मेवारी बहन गरिरहेका रिजालले अध्यक्ष पदबाट राजिनामा दिई स्थानीय तहको निर्बाचनमा उम्मेद्धारी दिई नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १ को वडाध्यक्षमा निर्बाचित भएका थिए ।
रिजाललाई बधाई सहित सम्मान गरिएको गैसस महासँघ बाँकेकी कार्यबाहक अध्यक्ष सपना भट्राईले बताईन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी योगीले गैससहरु बिभिन्न समस्याबाट ग्रसित भएको उल्लेख गर्दै गैससहरुलाई सहज तवरले काम गर्ने बाताबरण बनाउने दायित्व सरकारको भएको बताए । उनले गैससहरुको बिकास र परिवर्तनको साझेदार भएको बताए ।
गैसस महासँघ मध्यपश्चिम क्षेत्रिय उपाध्यक्ष केशब कुमार शर्माले गैससहरुको क्षमता बिकास अहिलेको आबश्कयता भएको बताए । सम्मनित गैसस महासँघ बाँकेका निबर्तमान अध्यक्ष प्रमोद रिजालले सम्मानले महासँघ प्रति अझ जिम्मेवार बनाएको बताए ।
महासँघकी कार्यबाहक अध्यक्ष सपना भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नमस्कार शाहले गरेका थिए भने अपेक्षा मन्तव्य सहभागि हेमराज भट्टले व्यक्त गरेका थिए । दुई दिन सम्म सञ्चालन हुने तालिममा २० जना सहभागि रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad