Samyentra Dot Com

गृहपृष्ठ » आर्थिक / कृषि, सहकारीस्मार्टफोन सुबिधा सहित ईग्निस डेल्टा कार सार्वजनिक

स्मार्टफोन सुबिधा सहित ईग्निस डेल्टा कार सार्वजनिक

August 29, 2017५०३ पटक

लोकनाथ रिजाल / दमक :  झापाको दमक स्थित बि आर एण्ड ब्रोर्दशले एक कार्यक्रमको आयोजना गरि मंगलबार सुजुकीको ईग्निस डेल्टा कारको लन्च गरेको छ । लन्च कार्यक्रममा बोल्दै सुजुकीका पुर्वाञ्चल डिल्लर ईन्चार्ज मन्जुल अमात्यले उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले सहितको सहज स्मार्टफोन अनुभव साथै अत्याधुनिक सुरक्षाफिर्चस रहेको जानकारी दिए ।

कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक , फिलले ईग्निस डेल्टाको स्टाईल लाई फरक देखाएको उनले बताए । मारुती सुजुकीको ईतिहासमै ईग्निस डेल्टा कारले एण्ड्रोइड अटो मार्फत एण्ड्रोइड प्रयोगकर्ताहरु लाई स्मार्टफोन कनेक्टिभिटी सुबिधा उपलब्ध गराएको छ । पेट्रोल र डिजेल दुबै ईन्धन बाट चल्ने यस कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईन्जिनले ६ हजार आरपिएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने , ठुलो र आरामदायी क्याबिनका साथ बिभिन्न स्टाईल स्टेटमेण्टहरु रहेको बिआर एण्ड ब्रदर्शका सेल्स पर्सन बिशेष खातीले कार्यक्रममा जानकारी गराएका थिए । मंगलबार बाट देशभर सार्वजनिक भएको यस कारको बजार मुल्य २८ लाख ८९ हजार रुपैया रहेको बि आर एण्ड ब्रर्दशका संचालक सञ्जु पराजुलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad