Samyentra Dot Com

गृहपृष्ठ » आर्थिक / कृषि, सहकारी, मुख्य खबरमौलाउदैछ खाडीको कमाइले खोलेको सुपरमार्केट

मौलाउदैछ खाडीको कमाइले खोलेको सुपरमार्केट

August 26, 2017७२६ पटक

 रुद्र शर्मा (आचार्य) कतार । वैदेशिक रोजगारीको शिलशिलामा कतार, दुबाई, बहराइन, हंगकंग लगाएत अन्य देशहरुमा कार्यरत नेपाली युवाहरुको एक समूहले काठमाडौको तीनकुनेमा करिब १६ महिना पहिले महानगर सुपरमार्केट नामक एक आधुनिक सुपरमार्केट सुरु गरेका थिए ।  सोहि सुपरमार्केट मुनाफामा लम्किदै गए पछि काठमाडौको धापाखेल, गणेश मन्दिर नजिकै अर्को शाखा विस्तार  भएको छ  l
करिब एक दशक पहिले कतारमा एक नेपाली युबा समूहले सामुहिक बचत कोष स्थापना त्यसैलाई निरन्तरता दिदै प्रबासको बसाइ अन्त्य पश्चात स्वदेश्मा गएर पनि स्वरोजगार होस् भन्ने उदेश्यले कतार लगायत अन्य मुलुकमा कार्यरत आफन्त तथा साथीभाईहरुसँग हातेमालो गर्दै करिब ६५ जना भन्दा धेरै व्यक्तिहरुको संलग्नतामा नेपालमा महानगर सहकारी सस्था करिब ७ बर्ष पहिले स्थापना गरेका थिए । हाल आएर उक्त महानगर सहकारी सस्थामा करिब १ सय भन्दा बढी शेयर धनिहरु रहेको सहकारीका प्रबन्धक निर्बाचन राई ले जानकारी दिए ।
सोही सहकारी सस्था मध्येका केहि युबाहरु मिलि करिब ३ करोड रुपयाँ लगानी गरेर राजधानी स्थित सुबिधानगर, तीनकुने काठमाडौंमा आधुनिक सुपरमार्केट सञ्चलानमा ल्याएका छन् । जुन मार्केटमा आँफैले बिभिन्न पोल्टी फम, तरकारी खेति लगायत अन्य खाद्य बस्तु उत्पादन गरी बिक्री वितरण गर्ने उदेश्य राखेका छन् l
अहिले विस्तार हुदै गरेको सुपरमार्केटमा दैनिक उपोग्य वस्तुहरु दाल, चामल, तरकारी, फलफुल, पेय पदार्थ, मदिरा लगायतका खाद्य सामग्री राखिएको राखिने प्रबन्धक निर्बाचन राइले बताएका छन् । यो सुपर मार्केट विस्तार गर्नुको उदेश्य धापाखेल, गणेश मन्दिर आशपास नजिकैका ग्राहक बर्गलाई सुफत मूल्य र गुणस्तरीय सेवा दिने पनि हो ।
भोलि भदौ १० गते हुने ओपेअनिङ्ग दिनको अबसरमा ग्राहक वर्गहरुलाई  ५% सम्म छुटको व्यवस्था भएछ महानगर सुपरमार्केट टिमले जनाएको छ  l
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad