Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, पुर्वी नेपाल, बिशेष, मुख्य खबरपतिबाट खोसेर मध्यरातमा अपहरण गरी महिलालाई गरियो बलात्कार

पतिबाट खोसेर मध्यरातमा अपहरण गरी महिलालाई गरियो बलात्कार

August 25, 2017९३६ पटक

अम्बिका भण्डारी, मोरङ  / भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा हेरिसकेर दुवैजना घरतर्फ लागे ।
तर घर जाने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको स्टार्ट बन्द भयो र बाइक रोकियो । के भएछ भनेर हेर्दा थाहा भो तेल सकिएको रहेछ । तर अचानक तेल रित्तिदा जोइपोइ छ्क्क परे । जे भएपनि घर पुग्न केहिकेहि उपाय लगाउनै पर्थ्यो । मध्यरात हुन लाग्दा नजिकै रहेको पेट्रोल पम्प पनि बन्द भइ सकेको थियो । त्यसैले खड्का पेट्रोल अगाडि आएर उनीहरू अक्क न बक्क परेर बसिरहे ।
केही बेरपछि एक जना मानिस बाइकमै पूर्व तिरबाट आयो । टोलाएका जोइपोइलाइ देखेर उसले बाइक रोक्यो र सोधिखोजी गर्यो । उनीहरूले पेट्रोल सकिएकोले अभर परेको बताए । आगन्तुक मानिसले आफ्नो मोटरसाइकलमा पनि तेल थोरै भएकोले निकाल्न नमिल्ने बरु तेल पाइने ठाउँसम्म पुर्याइदिने प्रस्ताव राख्यो । त्यही कुरामा सहमति जनाउँदै बूढो चाहिँ बुढीलाइ त्यहीं छाडेर अर्काको बाइकमा बस्यो । बाइकवालाले खोर्साने चोकमा पुर्यायो र माथिल्लो साइडको एउटा दोकानतिर देखाउदै त्यहाँको मानिसलाई बोलाएर तेल लिन भन्यो । तेल सोध्न उतातिर जान नभ्याउदै बाइकवालाले बाइक स्टार्ट गर्यो र एक्लै पुर्वतिर भाग्यो ।
उता श्रीमतीलाई पेट्रोल पम्पमा एक्लै छाडेको र बाइकवाला पनि त्यतै गएकोले पेट्रोल खोज्ने मानिसको मन ठग्रङै भयो । त्यसैले पेट्रोल-सेट्रोल खोज्न छाडेर उ हतार हतार पैदल दौडेर लालभित्तिको पेट्रोल पम्पतिर हानियो ।
कुदेर पेट्रोल पम्प आइपुग्दा श्रीमती छैन, केबल पेट्रोल सकिएको बाइक मात्रै । तर पेट्रोल पम्प एरियामा भएका मानिस सुतिसकेका थिएनन् । त्यसैले उनीहरूलाई आफ्नी श्रीमतीको बारे सोधे । पम्पवाला साथी भाइहरुले बाइकमा आएको अर्को मानिसले श्रीमान भएको ठाउँमा पुर्याइ दिने भन्दै बाइकमा चढाएको र जबरजस्ती लालभित्तिबाट उत्तरतिर लगेको बताए । त्यसपछि पतिले साथीभाइहरुलाइ गुहार्न थाले फोन गरेर ।

उता अपहरित श्रीमतीको मोबाइल अफ थियो । बोलाइएका साथीभाइहरु आउन केहिबेर लाग्यो । अरु आइपुगेपछि हतार हतार लालभित्तिदेखि उत्तरतिर लागे । देवीझोडा पुगेपछि थाहा भो ती महिलालाई त्यतै ल्याएर बलात्कार गरी त्यो पापी भागिसकेको रहेछ ।
प्रत्यक्षदर्शीका अनुसार एक मानिसले मध्यराततिर जबर्जस्ती खोलातिर लगेको देखेपछि स्थानीय कुमाल टोलका तीन चार जना युवाले बाइकको पिछा गर्ने कोशिश गरेका थिए । निकैबेरपछि उनीहरू लोहोन्द्रा खोलामा पुग्दा उनीहरूले बाइकवाला र महिलालाइ भेटे पनि । त्यो पापीले महिलालाई बलात्कार गरिसकेको रहेछ किनकि उनी रोइरहेकी थिइन् । महिला रोइ कराइ गर्दै आएकोले युवाले खोलामा आएका महिला र बाइकवाललाइ केरकार गरे ।

बाइकवालाले महिलालाई उछिन्दै आफुहरु ब्वाइ फ्रेण्ड र गर्ल फ्रेण्ड भएकोले घुम्न आएको बतायो, तर त्यस्तो लाग्दैनथ्यो । त्यसैले युवाहरूले पहिले केही हुलिया जनाउने तथ्य प्रमाण सुरक्षित गरिसकेका थिए । युवाले त्यो बाइकवालालाइ नियन्त्रणमा लिने कोशिश पनि नगरेका होइनन् तर बाइकको चावी हरायो भन्दै उनीहरूलाई छ्क्याएर त्यो बाइकमा भागिहाल्यो । त्यो बाइकमा चाबी नै रहेनछ , चावी बिना नै स्टार्ट हुँदो रहरहेछ, त्यसैले त्यो भागिहाल्यो । केहिबेरमा त्यो मोबाइल स्विच अन गरेर सम्पर्क भएपछि लालभित्तिबाट आइपुगेका ती महिलाका श्रीमान अनि पब्लिक र स्रीमानले बोलाएर बेलबारी र केराबारीबाट प्रहरी टोली आइपुग्दा बलात्कारी भागिसकेको रहेछ । चारैतिर खोज्दा पनि त्यो मान्छे भेटिएन ।
इलाका प्रहरी कार्यालय बेलबारीले महिला बलात्कार भएको पुष्टि गरेको छ तर अपराधी पक्राउ परिनसकेको र अनुसन्धान भइरहेकोले थप बिवरण केही दिनपछि मात्र दिने बताएको छ ।
(अनुसन्धानमा बाधा नपरोस् भनेर प्रहरीको विशेष अनुरोधमा बलात्कारीको हुलिया र अन्य कतिपय विवरण सार्वजनिक नगरिएको – अम्बिका भण्डारी, सम्पादक पूर्वेली डटकम )

– पुर्वेली डटकमको फेसबुक पेजबाट साभार

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad