Samyentra Dot Com

गृहपृष्ठ » खाडी मुलुक, प्रवास, मुख्य खबरकतार रेडकृषियण्टले बाढीपिडतलाई गर्नेभो गतिलै सहयोग

कतार रेडकृषियण्टले बाढीपिडतलाई गर्नेभो गतिलै सहयोग

August 22, 2017३३६ पटक

महेन्द्रप्रसाद पोखरेल, दोहा / कतार रेडकृषियण्टले बाढी पहिरो पिडितका लागि दुईलाख पचासहजार अमेरीकी डलर करिब पौने तिन करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपालमा गतसाल गएको बिनाशकारी भुकम्पमा कतारले उल्लेख्य सहयोग गरेको थियो भने यस बर्षको प्राकृतीक प्रकोप बाढिमा पनि कतार रेडकृषियण्टबाट दुईलाख पचासहजार अमेरीकी डलर करिब पौने तिन करोड नेपाली रुपैयाँ हयोग गर्ने कुरा आफ्नो आधिकारीक फेशबुक मार्फत गराएको छ । साथै प्रभाबितहरुको पुनस्र्थापनाका लागी क्यु डि डि सि फण्ड फर डेभलपमेण्ट सँग सहकार्य गर्दै सघाउने आफ्नो प्रेस कन्फेसको जारी बिज्ञप्तीमा जनाएको छ ।

यसै सिलसिलामा बुधबार एउटा बिशेस प्रतिनिधि मण्डल नेपाल प्रस्थान गर्दैछ । कतार स्थित रेडकृषियण्टका कार्यकारी निर्देसक युसुफ अल सादा सँग वहाँकै कार्यकक्षमा सामाजिक अभियन्ता तथा राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली सञ्योजक बरिष्ठ ब्याक्तित्व प्रोफेसर रमजान अलि मियाँको नेतृत्वमा सोमबार भेटघाट सम्पन्न भएको थियो।
उक्त भेटमा महिला समाज कतारकी अधक्ष्य सुस्मिता भुसाल,प्रबासी मञ्चका अब्दुल हाफिज मियाँ,ब्याकसायी मुक्तदा मुसलमान,राष्ट्रिय लोक दोहोरी गायिका देबिका केसी ,एभरेष्ट युथ क्लबका अध्यक्ष उत्तम गुरुङ लगायतको उपस्थीती रहेको थियो।

करिब चारलाख बढि नेपालीहरुको रोजगारीको स्थल कतार मध्यपश्चिमको सानो देश भईकन आर्थिक उन्नती र बिकासमा धेरै अगाडी रहेको मुलुक हो ।
शान्त अनि सहयोगी मनका धनि कतारीहरु कहिले आफ्नो कम्पनी मार्फत कामदारहरुलाई उनिहरुको जीबनस्तर उकास्न उपहार स्वरुप रकम उपलब्ध गराउँछ भने कहिले बिभिन्न सामाजिक क्षत्रमा सहयोग गर्छन्  ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad