Samyentra Dot Com

गृहपृष्ठ » प्रवास, हाइलाइटअसहाय बालबालिकाको भलाइका लागि युएईमा तीज कार्यक्रम गर्दै झापाली समाज

असहाय बालबालिकाको भलाइका लागि युएईमा तीज कार्यक्रम गर्दै झापाली समाज

August 22, 2017३५५ पटक

भरत शिवाकोटी,युएई / प्रवासमा रहेका झापालीहरूलााई  एकत्रित बनाउदैै  दर्जन भन्दा बढी देशहरुमा कृृृृयाशील झापालीहरुको छाता सामाजिक संस्था मध्येको एक  झापाली समाज युएइले  २५ अगस्ट २०१७ मा तिज बिशेष सांस्कृतिक कार्यक्रम तय गरेको छ |

असाहय बालबालिकाहरु का लागी दश लाखको अक्षयकोष निर्माण गर्ने मुल उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।  नेपालबाट आमन्त्रित रास्ट्रिय स्तरका कलाकारसँगै युएईमा रहेका स्थानीय कलाकारहरुलाई समेत प्रोत्साहन र अवसर दुवै दिनेगरी आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै झापामा रहेका असाहय बालबालिकाहरुको सहयोगार्थ कार्यक्रम तय भएको समाजका अध्यक्ष रोहित कुमार भन्डारीले बताएका छन ।

(तोक्मे बुढा) भनेर चिनिने हाँस्य क्षेत्रका चर्चित कलाकार व्हिलसन बिक्रम राई, युवा पुस्ताका लोकप्रिय गायक टंक बुढाथोकी अर्की गायिका सरु गौतम र नव गायिका एवं डान्सर एलिसा तामाङ को विशेस प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने गायक युवा खेलकुद तथा सांस्कृतिक बिभागका संयोजक तथा कार्यक्रम मुल आयोजक समितिका संयोजक पारस लामाले जानकारी दिएका छन |

कार्यक्रमको अन्तिम तयारी लगभग सकिएको जानकारी दिँदै तामाङले युएईका सातवटै राज्यबाट झापालीहरू सँगै नेपालीहरुको बाक्लो उपस्थिति रहने कार्यक्रममा सम्पूर्ण नेपालीहरुलाई हार्दिक आमन्त्रण समेत गरेका छन । आवतजावतलाई सहज बनाउन यातायातको समेत व्यवस्था गरिएको जानकारी उनले दिएका छन |

मनोरन्जनात्मक र संस्कृतिको जगेर्ना सँग गाँसिएको सांस्कृतिक कार्यक्रम असाहय बालबालिकाको सहयोगार्थ समेत रहेको स्मरण गर्दै झापाली समाज यु.ए.ई. अबुधाबी क्षेत्रीय समितीका अध्यक्ष हिमाल अधिकारीले कार्यक्रमलाई सफल बनाउन अहोरात्र लागिपरेको र आफ्नो क्षेत्रबाट लगभग २०० नेपालीहरुको उपस्थिति रहने दाबी गरेका छन |

समाजले सामाजिक क्षेत्रमा अव्वल कार्य गरेर युएईमा रहेका झापालीहरुको मात्र मन जितेको छैन ,झापामा रहेका आमजनमानसको समेत मन जित्दै गएको छ |
केहि समय पहिले मात्र प्रवासमा रहेका झापाली समाजहरुको संजालको रुपमा गठन गरिएको अन्तरास्ट्रिय झापाली समाजमा समेत युएईले महत्वपुर्ण भूमिका खेलिरहेको झापाली समाज यु.ए.ई. का प्रवक्ता राम प्रसाद ढुंगेल बताउँछन | यिनै झापाली समाजहरुको अग्रसरतामा हाल झापाका आधा दर्जन बढी गाउँपालिका तथा नगरपालिकाका विभिन्न स्थानहरुमा ५० लाख भन्दा बढीको राहत सहयोग सयौं बाढीपीडितहरुलाई वितरण गरिएको छ |

स्वेच्छिक सहयोग गर्ने दाताहरुको सानो सानो रकम संकलन गरेर राहत वितरण गरि नसक्दै झापाली समाज यु.ए.ई. लाई  महिलाहरुको महान पर्व हरितालिका तीजले छपक्कै छोपेको छ | “झापाली समाज युएईको नयाँ सोच, असाहय बालबालिकाहरु का लागी दश लाखको अक्षयकोष” भन्ने मुल नारा सहित गत सालबाट अभियानका रुपमा अक्षयकोषका निमित्त संचालन गरिएको कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिँदै समाजले तिज विशेस सांस्कृतिक कार्यक्रम तय गरेको आयोजकले जनाएका छन् |

 

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad